दलसिंह गिरी | चैत्र १७, कालिकोट | महिलाको हकमा विगत १७ बर्ष देखि काम गर्दै आईरहेको आवाज संस्थाकाले कालिकोटका विपन्न महिलाहरुको चेतना स्तर बृद्धिका लागि ३ बर्षे रणनैतिक "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | चैत्र १७, कालिकोट | महिलाको हकमा विगत १७ बर्ष देखि काम गर्दै आईरहेको आवाज संस्थाकाले कालिकोटका विपन्न महिलाहरुको चेतना स्तर बृद्धिका लागि ३ बर्षे रणनैतिक "/>
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

महिला शसक्तिकरणका लागि आवाजले ल्यायो ३ बर्षे कार्ययोजना

२०७३, १७ चैत्र बिहीबार १७:०५

दलसिंह गिरी | चैत्र १७, कालिकोट | महिलाको हकमा विगत १७ बर्ष देखि काम गर्दै आईरहेको आवाज संस्थाकाले कालिकोटका विपन्न महिलाहरुको चेतना स्तर बृद्धिका लागि ३ बर्षे रणनैतिक योजनाहरु प्रस्तुत गरेको छ । विगत ३ बर्ष देखि कालिकोट जिल्लाको सदरमुकाम मान्म देखि १७ कोष टाढा पर्ने थिर्पू राम्नाकोटमा काम गर्दै आइरहेको आवाज संस्थाले त्यहाँ रहेका महिलाहरुको चेतना स्तर बृद्धि गरी उनीहरुलाई राज्यको हरेक निकायमा अर्थपूर्ण प्रतिनीधित्व गराउन ३ बर्षे रणनैतिक योजना प्रस्तुत गरेको हो ।

आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीको संयोजकत्वमा जिल्ला सदरमुकाम मान्म खाडाचक्रममा आयोजित जिल्ला स्तरीय सरोकारवाला संग जानकारी तथा समन्वय कार्यक्रममा संयोजक शाहीले महिलाहकको सवालमा आवाज संस्थाले हालसम्म गरेका कामहरुको प्रगति तथा कालिकोटमा अब को ३ बर्षमा गर्ने काम र अनुमानित उपलब्धीहरुका बारेमा प्रकाश पर्नु भएको छ । प्रस्तुत कार्यक्रम प्रति सुझाब दिदै कार्यक्रमका प्रमुख अथिति एवं प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले अहिलेको एक्काइसौं सताब्दीमा पनि ग्रामिण भेगका अधिकांश महिलाहरु घरेलु हिंसामा रहेका घटनाहरु दिनप्रतिदिन सुनिन आएकाले यसको निराकरण गरी राज्यले ब्यवस्था गरेको महिलाहरुको आत्मनिर्णयको अधिकार प्रत्याभूती गराउन आवाज संस्थाले पुलको काम गर्ने विश्वास ब्यक्त गर्नु भएको छ । यस्तै कार्यक्रमका विशेष अथिति एवं नेपाल तरुणदलका केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाहीले समाजमा अहिलेपनि जगेडिएर रहेको छाउपडी पर्था अन्त्य गर्न नजिकिदै गरेको स्थानीय निकायको निर्वाचनमा उठ्न चाहने उम्मेदवारलाई उम्मेदवार उठ्नु भन्दा पहिला आफ्नो घरमा छाउपडि पर्था अन्त्य गर्छु भन्ने प्रतिवद्धता गराएर मात्र आफ्नो पार्टीलाई उम्मेदवारी स्वीकृत गराउन अनुरोध गर्ने प्रतिवद्धता समेत गर्नु भएको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले महिला अधिकार सुनिश्चितताको लागि कुनै एउटा निकायको प्रयासले सफल नहुने भएकाले यसका लागि सबै सरोकारवाला निकाय एक भएर लाग्नु पर्ने बताउनु भएको छ । यसका लागि आवाज संस्थाले जिल्लाका सबै निकाय संग सहकार्य गर्न सुझाब दिनु भएको छ । कार्यक्रममा मानव अधिकारका अगुवा दमराज बम लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका छन् । कार्यक्रममा विशेषगरी महिला प्रतिको भेदभाव, खानपिनमा विशेष ध्यान, शिक्षामा बालिका तथा किशोरीहरुको पहुँचमा निरन्तरता, स्थानीय निकायमा अर्थपूर्ण सहभागीता, स्थानीय रैथानेवालीको संरक्षण तथा करेशावारीको विकास जस्ता विभिन्न कृयाकलाप गर्ने आवाज संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित