दलसिंह गिरी | चैत्र १७, कालिकोट | महिलाको हकमा विगत १७ बर्ष देखि काम गर्दै आईरहेको आवाज संस्थाकाले कालिकोटका विपन्न महिलाहरुको चेतना स्तर बृद्धिका लागि ३ बर्षे रणनैतिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | चैत्र १७, कालिकोट | महिलाको हकमा विगत १७ बर्ष देखि काम गर्दै आईरहेको आवाज संस्थाकाले कालिकोटका विपन्न महिलाहरुको चेतना स्तर बृद्धिका लागि ३ बर्षे रणनैतिक "/>
2026-10-31 09:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

महिला शसक्तिकरणका लागि आवाजले ल्यायो ३ बर्षे कार्ययोजना

दलसिंह गिरी | चैत्र १७, कालिकोट | महिलाको हकमा विगत १७ बर्ष देखि काम गर्दै आईरहेको आवाज संस्थाकाले कालिकोटका विपन्न महिलाहरुको चेतना स्तर बृद्धिका लागि ३ बर्षे रणनैतिक योजनाहरु प्रस्तुत गरेको छ । विगत ३ बर्ष देखि कालिकोट जिल्लाको सदरमुकाम मान्म देखि १७ कोष टाढा पर्ने थिर्पू राम्नाकोटमा काम गर्दै आइरहेको आवाज संस्थाले त्यहाँ रहेका महिलाहरुको चेतना स्तर बृद्धि गरी उनीहरुलाई राज्यको हरेक निकायमा अर्थपूर्ण प्रतिनीधित्व गराउन ३ बर्षे रणनैतिक योजना प्रस्तुत गरेको हो ।

आवाज संस्थाका कार्यकारी निर्देशक पवित्रा शाहीको संयोजकत्वमा जिल्ला सदरमुकाम मान्म खाडाचक्रममा आयोजित जिल्ला स्तरीय सरोकारवाला संग जानकारी तथा समन्वय कार्यक्रममा संयोजक शाहीले महिलाहकको सवालमा आवाज संस्थाले हालसम्म गरेका कामहरुको प्रगति तथा कालिकोटमा अब को ३ बर्षमा गर्ने काम र अनुमानित उपलब्धीहरुका बारेमा प्रकाश पर्नु भएको छ । प्रस्तुत कार्यक्रम प्रति सुझाब दिदै कार्यक्रमका प्रमुख अथिति एवं प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले अहिलेको एक्काइसौं सताब्दीमा पनि ग्रामिण भेगका अधिकांश महिलाहरु घरेलु हिंसामा रहेका घटनाहरु दिनप्रतिदिन सुनिन आएकाले यसको निराकरण गरी राज्यले ब्यवस्था गरेको महिलाहरुको आत्मनिर्णयको अधिकार प्रत्याभूती गराउन आवाज संस्थाले पुलको काम गर्ने विश्वास ब्यक्त गर्नु भएको छ । यस्तै कार्यक्रमका विशेष अथिति एवं नेपाल तरुणदलका केन्द्रीय महामन्त्री भूपेन्द्रजंग शाहीले समाजमा अहिलेपनि जगेडिएर रहेको छाउपडी पर्था अन्त्य गर्न नजिकिदै गरेको स्थानीय निकायको निर्वाचनमा उठ्न चाहने उम्मेदवारलाई उम्मेदवार उठ्नु भन्दा पहिला आफ्नो घरमा छाउपडि पर्था अन्त्य गर्छु भन्ने प्रतिवद्धता गराएर मात्र आफ्नो पार्टीलाई उम्मेदवारी स्वीकृत गराउन अनुरोध गर्ने प्रतिवद्धता समेत गर्नु भएको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ शाखा कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले महिला अधिकार सुनिश्चितताको लागि कुनै एउटा निकायको प्रयासले सफल नहुने भएकाले यसका लागि सबै सरोकारवाला निकाय एक भएर लाग्नु पर्ने बताउनु भएको छ । यसका लागि आवाज संस्थाले जिल्लाका सबै निकाय संग सहकार्य गर्न सुझाब दिनु भएको छ । कार्यक्रममा मानव अधिकारका अगुवा दमराज बम लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका छन् । कार्यक्रममा विशेषगरी महिला प्रतिको भेदभाव, खानपिनमा विशेष ध्यान, शिक्षामा बालिका तथा किशोरीहरुको पहुँचमा निरन्तरता, स्थानीय निकायमा अर्थपूर्ण सहभागीता, स्थानीय रैथानेवालीको संरक्षण तथा करेशावारीको विकास जस्ता विभिन्न कृयाकलाप गर्ने आवाज संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय