जेठ १४, (चन्द्रौटा) कपिलवस्तु | “हामि सवैको इच्छा आधारभुत नि शुल्क शिक्षा” भन्ने नाराका साथ आईतवार कपिलवस्तुको विजयनगर गाउपालिकाका २ वटा वडाहरु लाई शतप्रतिशत विद्यालय भर्ना घ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १४, (चन्द्रौटा) कपिलवस्तु | “हामि सवैको इच्छा आधारभुत नि शुल्क शिक्षा” भन्ने नाराका साथ आईतवार कपिलवस्तुको विजयनगर गाउपालिकाका २ वटा वडाहरु लाई शतप्रतिशत विद्यालय भर्ना घ"/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका २ वडामा शत प्रतिशत विद्यालय भर्ना घोषणा

२०७४, १४ जेष्ठ आईतवार १३:१२

जेठ १४, (चन्द्रौटा) कपिलवस्तु | “हामि सवैको इच्छा आधारभुत नि शुल्क शिक्षा” भन्ने नाराका साथ आईतवार कपिलवस्तुको विजयनगर गाउपालिकाका २ वटा वडाहरु लाई शतप्रतिशत विद्यालय भर्ना घोषणा गरिएको छ । शतप्रतिशत विद्यार्थी भर्ना गरेको भन्दै वडा १ र २  तथा साविक गुगौलि गाविश ले  शतप्रतिशत आधारभुत तहका वालवालिका  विद्यालय भर्ना घोषणा गरेको हो ।

विजयनगर गाँउपालिका कार्यलयको आयोजनामा सो वडाहरुमा वैसाख ४ गतेवाट अभियान सुरु गरिएको थियो ।अभियान सुरुवात गरेपछि ११ सय १८ बालबालिकालाई विद्यालय भर्ना गरेकोले पुर्ण बिद्यालय भर्ना घोषणा गरिएको हो ।

 आइतवार गुगौलि स्वास्थ्य चौकिको प्राङगण  कालिका स्वालम्वन सामाजिक केन्द्र ,सेभद चिल्डेन, गाविश वाल विकाश केन्द्र र वडास्थित सबै विद्यालयहरुको संयुक्त पहलमा गाविसलाई शतप्रतिशत भर्ना घोषणा गर्न सफल भएको वडा सचिव गणेश गुरागाईले वताए।

विगतको वर्षमै घोषण गर्ने भनिएको भएतापनि एकै परिवारका ४ वालवालिकाहरु लाई अभिभावकले विद्यालय नपठाएपछि हुन सकेको थिएन । यस वर्ष विभिन्न संघ सस्था लागाएत को सक्रियतामा सो विद्यँर्थिहरुलाई विद्यालय ल्याउन सफल भई शत प्रतिशत भर्ना गराईएको कालिका स्वालम्वन सामाजिक केन्दका शिक्षा अधिकृत शिवशंकर चौधरिले वताए ।

अभियानका क्रममा श्री दुधाधारी मावि गुगौलिमा ११५ जना, जनजागृति मावि लोहोरौलामा २७० जना,नेपाल तारा मावि महुवावारिमा १९१ जना,आधारभुत विद्यालय थरौलीमा ८४ जना, प्रा वि नेउलागन्जमा ८८ जना, कामना प्रावि जवावैराठमा ७२ जना, जनचेतना पा्र वि गोवरहवामा ६२ जना, शान्ति दिप प्रा वि जर्लैयामा ६४ जना, मदरसा अहेल सुन्नत फैजाने नइायनमा ४० जना, मदरसा अहले सुन्नत फैजाने गरिव नवाज नइमिया मा ४२ जना, मदरसा नुरिमा ४० जना र अर्रा प्रा विमा ५० जना भर्ना भएको वताईएको छ ।

कार्यक्रममा वोल्दै जिल्ला शिक्षा कार्यलय कपिलवस्तुका निमित्त जिल्ला शिक्षा अधिकारि थानेश्वर अधिकारिले कपिलवस्तुको विकट क्षेत्र भएपनि यो अभियान सफल भएकामा खुसि व्याक्त गर्नुभएको छ ।शिक्षा कार्यलय वाट सहयोग हुनसक्ने क्षेत्रमा आफले सहयोग गर्ने अधिकारिले वताए ।

कार्यक्रममा विजयनगर गाउपालिकाका कार्यकारि अधिकृत रवेन्द्र चौधरिको अध्यक्षता निमित्त जिल्ला शिक्षा अधिकारि थानेश्वर अधिकारिको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला शिक्षा कार्यलय कपिलवस्तुका साहयक जिल्ला शिक्षा अधिकारि सुर्य भुषाल,इलाका प्रशासन चन्द्रौटाका साखा अधिकृत जगदिश अर्याल लगाएतले मन्तव्य दिएका थिए ।

- माधव बेल्वासे

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ