Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बृक्षारोपणका लागि कपिलबस्तुमा निःशुल्क बिरुवा बितरण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मो इमरान खान/साउन ३, कपिलवस्तु । कपिलवस्तुको सेक्टर वन कार्यलय चन्द्रौटा र सेक्टर वन कार्यलय जर्लैयाले वृक्षारोपणको लागि निशुल्क विरुवाहरु वितरण गरेका छन ।

मसला, सिमल, खयर, सागवान, सिसौ प्रजातिका विरुवाहरु निशुल्क रुपमा वितरण गरिएको छ । भू–क्षय नियन्त्रण र आय आर्जका लागि विभिन्न प्रजातिका ९०/९० हजार बिरुवा वितरण गर्ने तयारी गरेको र स्थानीयवासीको आयआर्जन वृद्धि तथा प्राकृतिक सन्तुलनमा सहयोग पुग्ने उद्देश्यले बिरुवा वितरण गर्न लागिएको जिल्ला वन कार्यलयले जनाएको छ ।

सेक्टर वन चन्द्रौटाले मसला ५५ हजार ९ सय, सिमल १०हजार, ५सय, सिसै १० हजार १ सय ५०, अमला ४ हजार ,खयर ४ हजार, कल्पफुल १ हजार ८ सय ५० सागवान १ हजार, अर्जुन एक हजार ,जामुन ८ सय ७५,सिरिस ५००, वेल ३५० गरि ९० हजा भन्दा धेरै विरुवा वितरण गर्ने साहायक वन अधिकृत रामचन्द्र शाहले जानकारि दिए ।

जिल्लाको चन्द्रौटा र जर्लैया क्षेत्रका वासिन्दाहरुलाई सो विरुवाहरु विरतण गरिएको सेक्टर वन कार्यलय चन्द्रौटाका प्रमुख रामहरि सेढाईले वताए ।निजि क्षेत्रमा वृक्षारोपण गरी वन क्षेत्रफल वढाउन  निशुल्क विरतरण गरिएको उनले वताए ।

अहिले ५० प्रतिशत विरुवा वितरण भईसकेको सेक्टर वन कार्यलय चन्द्रौटाले जनाएको छ । जिल्लाको पश्चिमी र दक्षिणी क्षेत्रका उपभोक्तलाई १ सय विरुवासम्मको लागि कुनै कागज पत्र नचाहिने तर एक सय भन्दा बढि लैजान खोज्नेहरुलाई आवश्यक कागजपत्र ल्याई निःशुल्क लैजान सकिने व्यावस्था मिलाएको प्रष्ट पारे ।