2026-09-18 10:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक विक्रम राईको मृत्यु शंकास्पद, भिसेरा रिपोर्ट कुर्दै प्रहरी

काठमाडौँ | गायक तथा संगीतकार विक्रम राईको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ। खोटाङ घर भएका राईको फागुन १७ गते राति हरसुङमा अर्गानिक खाजा घर, अनामनगरमा मृत्यु भएको थियो।

अत्यधिक मदिरा सेवन गरेका राईको मृत्यु शंकास्पद देखिएको भन्दै उनको परिवारले अनुसन्धानको माग गरेका छ। विक्रमसँग केही वर्षदेखि लिभिङ टुगेदरमा बसिरहेकी खोटाङकै युवतीविरुद्ध उनीहरूले किटानी जाहेरीसमेत दिन खोजेका छन्। घटना हुँदा ती युवती साथै थिइन्।

त्यस रात विक्रम ढलेपछि तिनै युवतीले प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरी भ्यानमा उनलाई बागबजारस्थित काठमाडौँ मोडल अस्पताल लगिएको थियो। अस्पतालले करिब एक घण्टापछि उनलाई मृत घोषणा गरेको थियो।

शव पोस्टमार्टमपछि आफन्तले खोटाङ नै लगेर अन्तिम संस्कार गरिसकेका छन्। पोस्टमार्टमबाट पनि उनको मृत्युको कारण नखुलेको प्रहरीको दाबी भनाइ छ। अहिले प्रहरी भिसेरा परीक्षणको नतिजा पर्खिरहेको छ। भिसेरा परीक्षण प्रतिवेदन प्राप्त भएपछि थप अगाडि बढ्ने प्रहरीको भनाइ छ।

प्रहरीले घटनास्थलको सीसीटीभी पनि हेरेको छ। त्यहाँबाट युवतीको भूमिका शंकास्पद नदेखिएकाले अहिले नै उनीविरुद्ध मुद्दा चल्ने अवस्था नदेखिएको प्रहरीको भनाइ छ। विक्रमकी दिदी अमिता राई लगायत आफन्तले लिभिङ टुगेदरमा बसेकी युवतीलाई पक्राउ गरेर अनुसन्धान थाल्न माग गरेका छन्। विक्रमको मृत्यु भएको दोस्रो साता मात्रै आफन्त अनुसन्धानको माग गर्दै प्रहरी वृत्त सिंहदरबार पुगेका छन्।

सुरुमा विक्रमको मृत्युको कारण शंकास्पद नठानेको तर अहिले उनको मृत्यु नभई हत्या हुन सक्ने आधार देखिएको दिदी अमिताले बताएकी छन्। विक्रमले बोक्दै आएका दुईवटा मोबाइल लगायतका कुनै पनि सामग्री परिवारलाई प्राप्त नभएकोले घटना शंकास्पद बन्दै गएको उनको जिकिर छ।

घटनास्थलबाहिरको सीसीटीभी फुटेजले झनै शंका थपिए पनि प्रहरीले फरेन्सिक रिपोर्ट आएपछि उजुरी लिने जवाफ दिएको उनले बताइन्। तत्काल अनुसन्धान नभए र प्रमाणहरू नष्ट हुने आशंका उनको छ। परिवारको शंका मेटाउन पनि घटनाको यथासीघ्र अनुसन्धान हुनुपर्ने उनीहरूको माग छ।

गायिका समेत रहेकी युवतीले फेसबुकमार्फत विक्रमलाई माया गरेको र उनी पनि शोकमा रहेको बताएकी छन्। उनले विक्रमले अत्यधिक रक्सी पिएपछि झगडा भएको, बियरको बोतल फुटाएको र आफूलाई समेत हुत्याएको दाबी गरेकी छन्। उनले भनेकी छन्, “मैले अमिता दिदीलाई खबर गर्दा पनि वास्ता गरिनन्। अहिले सबैले मलाई दोष लगाइरहेका छन्, तर सत्य बाहिर आउन दिनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई