दलसिंह गिरी/साउन १९, कालिकोट ।  मान्म खाडाचक्रमा सदरमुकाम रहने गरी वि.स. २०३६ सालमा नेपालकै कान्छो जिल्लाको रुपमा स्थापना भएको कालिकोट जिल्ला सदरमुकाम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/साउन १९, कालिकोट ।  मान्म खाडाचक्रमा सदरमुकाम रहने गरी वि.स. २०३६ सालमा नेपालकै कान्छो जिल्लाको रुपमा स्थापना भएको कालिकोट जिल्ला सदरमुकाम "/>

2026-09-14 07:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

आठौ दशकपछि बल्ल पाईन विष्णकलाले नागरिकता


दलसिंह गिरी/साउन १९, कालिकोट ।  मान्म खाडाचक्रमा सदरमुकाम रहने गरी वि.स. २०३६ सालमा नेपालकै कान्छो जिल्लाको रुपमा स्थापना भएको कालिकोट जिल्ला सदरमुकाम वासी विष्णकला शाहीले आफु जन्मेको ८ दशकपछि बल्ल नेपाली नागरिकताको परिचयपत्र लिनुभएको छ । 

नेपाली नागरिकताको परिचयपत्र पाउने जिल्लाकै एकमात्र स्थान जिल्ला प्रशासन कार्यालय आफ्नै वडामा रहदा पनि नागरिकता नलिएकी शाहीले ८७ बर्षको उमेरमा हिजो विहिवार मात्रै पहिलोचोटी नागरिकता लिनुभएको हो । 

जिल्ला सदरमुकाम रहेको खाडाचक्र नगरपालिका वडा नं. १ खाडाचक्रमै घर भएकी शाहीलाई जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछानेले नागरिकता प्रदान गर्नु भएको छ । नेपाली नागरिकता नबनाएकै कारण राज्यबाट प्रदान गरिने जेष्ठनागरिक लगायतका सामाजिक सेवा लिन नपाएकी शाहीले अन्तत स्थानीय निकायको निर्वाचन पछि पहिलो चोटी नेपाली नागरिकताको परिचयपत्र लिनु भएको छ । 

नेपाली नागरिकताको परिचयपत्रका बारे पारिवारीक ब्यवास्थाका कारण आज सम्म नागरिकता लिन नपाएको शाही बताउनु हुन्छ । 

आफु पछिका संघिहरुले जेष्ठनागरिक भत्ता बुझेको कुरा सुनाउदा कटक्क मन छुने गरेको बताउने शाही बिगत ‘पञ्चायत देखि हाल सम्म भएका विभिन्न निर्वाचनमा समेत भोट दिन नपाएको बताउनु हुन्छ । 

जिल्ला सदरमुकाम रहेकै क्षेत्रमा त कतिपय मानिस नागरिकता परिचयपत्रको पहुँचमा छैनन् भने ग्रामिण स्तरको दुरदराजमा रहेका मानिसहरु कसरी नागरिकता परिचयपत्रको पहुँचमा होलान् भन्दै जिल्लाका केही जानकारहरु प्रतिप्रश्न गर्ने गरेका छन् । 

अब स्थानीय निकाय बाटै नागरिकता पाउने प्राब्धान सरकारले अगाडी बढाएका कारण तत्काल जिल्लाभर नागरिकता नपाएकाहरुको तथांक संकलन गरी घुम्तीशिविर संचालन गर्नुपर्ने सम्बन्धित निकायलाई सुझाबहरु समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ