साउन १९, सिरहा | अबिरल बर्षाले मिर्चैयामा निर्माणाधिन नाला भत्केका छन् । बुधबार देखि भईरहेको अबिरल बर्षाको कारणले मिर्चैयामा संचालन नहुँदै नाला भत्किएको छ । पुर्र्व पश्च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १९, सिरहा | अबिरल बर्षाले मिर्चैयामा निर्माणाधिन नाला भत्केका छन् । बुधबार देखि भईरहेको अबिरल बर्षाको कारणले मिर्चैयामा संचालन नहुँदै नाला भत्किएको छ । पुर्र्व पश्च"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा संचालन नहुँदै नाला भत्कियो

२०७४, १९ श्रावण बिहीबार १६:१०


साउन १९, सिरहा | अबिरल बर्षाले मिर्चैयामा निर्माणाधिन नाला भत्केका छन् । बुधबार देखि भईरहेको अबिरल बर्षाको कारणले मिर्चैयामा संचालन नहुँदै नाला भत्किएको छ । पुर्र्व पश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिका ५ मा निर्माणाधिन नाला संचालन नहुँदै भत्केकोले ठेक्केदारमाथी प्रश्न चिन्ह उठेको छ । जिल्ला समन्वय समिति सिरहासंग भएको सम्झौता अनुसार करीब ३४ लाखको बजेटमा १ सय ७५ मिटर नाला निर्माण गरेको उपभोक्ता समितिका सचिब दिनेश साहले बताए । भत्किएको नाला पुनः निर्माण गर्न जिल्ला समन्बय समिति सिरहासंग छलफल गर्ने सचिब साहले बताए । सचिब साहले उपभोक्ता समितिसंग बाँकी रहेको केहि रकमले पनि भत्किएको नाला निर्माण गर्न छलफल गर्ने जनाए । 

यता, मिर्चैया थाना चौकदेखि बजार जाने बाटोमा निर्माणाधिन नाला अत्याधिक बर्षाले भत्किएको छ । मिर्चैया नगरपालिकासंग करीब ३९ लाखमा मिर्चैयाको थाना चौकदेखि बजार जाने बाटोमा करीब ४ सय मिटर नाला निर्माण गर्न ठेक्का पाएका श्री शक्ति निर्माण कन्ट्रक्सनले सम्झौता अनुसार काम गरिरहेको बताएका छन् । नाला निर्माण गर्ने क्रममा थाना चौकमा स्थानियले घर नभत्काएकोले काम गर्न समस्या भईरहेको कन्ट्रक्सनका प्रतिनिधि संतोष साहले बताए । भत्किएको नाला पुनः बनाउने प्रतिनिधि साहले थपे । 

मिर्चैया नगरपालिकाको मुख्य राजमार्ग क्षेत्रमै नाला निर्माणमा निर्माण व्यावसायीले हदैसम्मको कमसल काम गर्ने गरेकोले संचालन नहुँदै भत्किएको स्थानियले आरोप लगाएका छन् । सम्झौता अनुसार ठिकेदारले काम नगरेकोले  कामको छानबिन गर्न स्थानियहरुले माँग गरेका छन् ।

मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले पानीको भार थेग्न नसकेर नाला भत्किएको प्रतिक्रिया दिएका छन् । भत्किएको स्थानमा फेरी  मर्मत हुने समेत अधिकृत कार्कीले बताए । नाला निर्माणमा कुनै किसिमको कमजारी नरहेको भन्दै पानीको बहाब बढी भएकोले भत्किएको मिर्चैया नगरपालिकाका इन्जिनियर राजेश गुप्ताले दाबी गरेका हु्न् । नाला निर्माण गर्ने क्रममा थाना चौकदेखि बजार जानेबाटोमा स्थानियहरुले घर नतोडेकोले पानीको निकास नहुँदा नाला भत्किएको इन्जिनियर गुप्ताले स्पष्ट गरे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी