पढ्न करिब 1 मिनेट लाग्छ

मो इमरानखान/साउन २०, कपिलबस्तु । कपिलवस्तुमा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् ।

कृष्णनगर नगरपालिका.वार्ड नं. १० सोनहवाका ४५ बर्षिय अधारे कोरीले गत साउन १७ गते राती बरगदको रूखमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

उनको शवलाइ शिवराज अस्पताल बहादूरगंजमा पोस्ट मार्टम गरी परिवारको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यलय कृष्णनगरक प्रहरी निरीक्षक खिमबहादूर घार्तिमगरले जानकारी दिएका छन ।

उनले किन र कसरि आत्महत्या गरे भन्ने बारे नखुलेको र यसबारे थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ । कपिलबस्तुमा दैनिक आत्महत्याका घटनाहरु सार्बजनिक हुने गरेका छन् । तीन साता अघि मात्र सोहि वडाका माइन्द्रवती आरखले पनि झुन्डिएर आत्महत्या गरेका थिए ।