अशक्त ज्येष्ठ नागरिकको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी पाण्डेयले दिए नागरिकताको प्रतिलिपि

साझासवाल
1 Min Read

काठमाडौँ । नाम्खा गाउँपालिका-१ ताङगिनका अशक्त ज्येष्ठ नागरिकको घरमै पुगेर हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले नागरिकताको प्रतिलिपि दिएका छन् ।

अशक्त भएका ७० वर्षीय छिङ सुन्डुप तामाङको घरमै पुगेर पाण्डेले नागरिकताको प्रतिलिपि दिएका हुन् । तामाङ सदरमुकाम सिमकोट पुग्न सम्भव नभएपछि उनकै घरमा पुगेर नागरिकताको प्रतिलिपि दिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

सदरमुकाम सिमकोट आउजाउ गर्न उनलाई सहज थिएन । उनको शरीको एक भाग नचल्ने अवस्थामा  छ ।