2026-09-14 06:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा तीन हजार आठ सय मतदाता थपिए

भदौ ५, कालीकोट । सरकारले मतदाता परिचय पत्रका लागि नाम दर्ता गर्न थप गरेको अवधिमा कालीकोट जिल्लामा तीन हजार ८०० मतदाता थपिएका छन् । 

जिल्ला निर्वाचन कार्यालयले संकलन गरेको मतदाता नामावलीमा जिल्ला सदरमुकाम मान्मसहितका दुई नगरपालिका तथा छवटा गाउँपालिकामा पठाएको टोलीले सो संख्यामा मतदाता थपेका हुन् । 

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी मणिराम भट्टराईका अनुसार यसअघि जिल्लामा ६१ हजार ३० मतदाता रहेकामा साउन महिनामा तीन हजार ८५९ मतदाता थपिएपछि जम्मा ६४ हजार ८८९ मतदाता पुगेको बताउनुभयो । 

उहाँका अनुसार यसअघिको तुलनामा जिल्लामा एकैपटक धेरै मतदाता थपिएको यो पहिलोपटक हो । 

मतदाताले संसद्को निर्वाचनमा खासै महत्व नदिए पनि स्थानीय निर्वाचनमा मतदान गर्न नपाउँदा पछुताएकाले अब आउने प्रदेश तथा सङ्घको निर्वाचनमा मतको आशामा रहेका जिल्लास्तरका राजनीतिक दलका नेताहरु पनि मतदाता नामावली संकलनमा लागिपरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ