इमरान खान,भदौ ७, कपिलवस्तु ,कपिलवस्तुको वाणगंगा नगरपालिका क्षेत्रका यूवाहरुले सामाजिक कार्यका लागि छोटो समयमा चर्चा बुटुल्दै चेतनशिल प्रतिष्ठान कपिलवस्तुले जिल्ला स्तरीय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान,भदौ ७, कपिलवस्तु ,कपिलवस्तुको वाणगंगा नगरपालिका क्षेत्रका यूवाहरुले सामाजिक कार्यका लागि छोटो समयमा चर्चा बुटुल्दै चेतनशिल प्रतिष्ठान कपिलवस्तुले जिल्ला स्तरीय "/>

2026-10-31 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चेतनशिल प्रतिष्ठानको खुल्ला तीज गीत प्रतियोगीता सम्पन्न

इमरान खान,भदौ ७, कपिलवस्तु ,कपिलवस्तुको वाणगंगा नगरपालिका क्षेत्रका यूवाहरुले सामाजिक कार्यका लागि छोटो समयमा चर्चा बुटुल्दै चेतनशिल प्रतिष्ठान कपिलवस्तुले जिल्ला स्तरीय खुल्ला तीज गीत प्रतियोगीता राखेको छ ।

वाणगंगा नगरपालिका का नगर प्रमुख मेयर मंगल प्रसाद थारु द्वरा शान्तिको प्रतीक परेवा जोडि उडाएर कार्यक्रमको उदघाट्न गर्नु भएका थिए । प्रतियोगीता मार्फत नेपाली कला संस्कृतिको जर्गेना गर्ने उद्देश्य अनुरुप प्रतिष्ठानले प्रतियोगीता राखेको हो । प्रतिष्ठानले राखेको लक्ष्य अनुसार रु. ९८ हजार रकम उठेको चेतनशील प्रतिष्ठानका कोषाध्यक्ष सन्दिप अर्यालले जानकारी दिनुभएको छ । उठेको रकम माध्ये कार्यक्रम व्यवस्थापनमा रु. ९० हजार खर्च भएको, र रु. ८ हजार एम्बुलेन्स सञ्चालनार्थमा राखिने जनाइएको छ । आगामी दिनमा सांस्कृतिक कार्यक्रम, देउसीभैलो र सामाजिक कार्य जस्ता काम गरी यस क्षेत्रमा एम्बुलेन्स सञ्चालन गर्न रकम उठाउने चेतनशिल प्रतिष्ठानको लक्ष्य राहेको छ ।

 जिल्लाका १३ टीमको सहभागीता रहेको तीज गीत प्रतियोगीतामा चिल्ड्रेन प्याराडाईज बोर्डिङ स्कुल प्रथम स्थान आउन सफल भएको छ । उसले नगद स्वरुप रु १० हजार रुपैया र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै स्मृती यूवा समुह ओदारी प्रतियोगीतामा दित्तिय स्थान आउन सफल भएको छ । उसले रु. ७ हजार नगद र प्रमाणपत्र पत्र प्राप्त गरेको छ । सूर्योदय यूवा क्लब बुद्धभुमि ९ चौवन्नपुर तृतीय भएको छ । उसले नगद रु. ५ हजार र प्रमाणपत्र पाएको छ । प्रतियोगीतामा सान्त्वना स्थानमा श्री सहयोगी महिला बहुउद्देश्यिय सहकारी संस्था ठाकुरापुर आएको छ । उसले नगद रु. ३ हजार र प्रमाणपत्र प्राप्त गरेको चेतनशिल प्रतिष्ठानका अध्यक्ष अशिम भट्टराईले जानकारी दिनुभयो । प्रतियोगीतामा सहभागीता हुने टीममा ७ जना अनिवार्य हुनुपर्ने नियम बनाइएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

साथै उक्त अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले भव्य सांस्कृति प्रस्तुती देखाएका थिए । तीज गीत गाउँदै कलाकारहरुले महोललाई गुञ्जयमान गराएका थिए । कलाकारको साथमा दर्शकहरु पनि निकै रमाएका थिए । छोटो समयमा चर्चा बटुल्दै वाणगंगा क्षेत्रका यूवाहरुले सामाजिक कार्यका लागि हालै स्थापना गरेको चेतनशिल प्रतिष्ठानले यस क्षेत्रमा सामाजिक कार्य गरि चर्चा बटुल्न थालेको छ । केहि महिना अघि कपिलवस्तु सामुदायिक अस्पतालमा रक्तदान कार्यक्रम राखेको चेतनशिलले अहिले नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा प्रतियोगीताको आयोजना गरेको हो । नेपालीहरुको मौलिक कलाको संरक्षण र सम्बर्धन गर्नका लागि खुल्ला तीज गीत प्रतियोगीता राखेको प्रतिष्ठानका संरक्षक समिर सायरले बताउनुभयो । आउने दिनमा एम्बुलेन्स सञ्चालनार्थ विभिन्न कार्यक्रम गरिने उहाँले बताउनुभयो । यसपालि समय अभावको कारण सोचजस्तो रकम उठ्न नसकेको भट्टराईले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय