इमरान खान/भदौ ८, कपिलवस्तु । मुस्लिम समुदायको पवित्र पर्व रमजान, महान पर्व ईद (इदुल फितर) र बकर ईद (इदुल अजहा) कै दिनमा लगातार चार वर्ष देखि टियुले स्नातक तहको परी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान/भदौ ८, कपिलवस्तु । मुस्लिम समुदायको पवित्र पर्व रमजान, महान पर्व ईद (इदुल फितर) र बकर ईद (इदुल अजहा) कै दिनमा लगातार चार वर्ष देखि टियुले स्नातक तहको परी"/>

2026-09-16 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पर्वकै दिनमा परीक्षा नराख्न कपिलवस्तुका मुस्लिम समुदायहरुको आग्रह

इमरान खान/भदौ ८, कपिलवस्तु । मुस्लिम समुदायको पवित्र पर्व रमजान, महान पर्व ईद (इदुल फितर) र बकर ईद (इदुल अजहा) कै दिनमा लगातार चार वर्ष देखि टियुले स्नातक तहको परीक्षा उक्त मितिमा पार्दै आएको छ । 

त्यसैगरि यस वर्षपनि टियुले स्नातक तहको पहिलो वर्षको परीक्षा मुस्लिम समुदायको चार दिनसम्म मनाइने दोस्रो महान चाड बकरईद (इदुल अजहा) को पहिलो, दोस्रो र तेस्रो मितिमा पारेको छ । बाढीपहिरोको कारण सारीएको परीक्षा यहि २०७४।०५।११ गतेबाट सुरु हुन गैरहेको छ । जसमा मिति १७, १८ र १९ गते मुस्लिम समुदायका महान पर्व बकरईद (ईदुल अजहा) पर्न गएकोले विद्यार्थीहरु चिन्तित छन । 

मुस्लिम समुदायका केहि विद्यार्थीहरुले, हर्षोल्लासका साथ पर्व मनाउने की परीक्षा कोठामा बसेर परीक्षा दिने भनि गुनासो पोख्दै छन । उनीहरुले भने, धेरै जसो परीक्षार्थीहरु बाहिर जिल्लाबाट अएका छन । टियुले पर्वको बेला परीक्षा मिति राखेकोले हामी अन्योलमा परेका छौ । 

सम्पूर्ण विद्यार्थी वर्ग, विद्यार्थीका हक हितमा रहि काम गर्ने सघंसंस्था, मुस्लिमहरुको संघसंस्थाको साथै मुस्लिम समाजका अगुवा, नेता वर्ग तथा विभिन्न सरोकार वाला निकाय संग आ–आफ्नो ठाउँबाट यस वर्ष बकर ईदको दिन परेको परीक्षाको मिति सारी दिन आग्रह गरेका छन । 

साथै आगामी दिनहरुमा मुस्लिम वा अन्य कुनै पनि धर्मावलम्वी वा समुदायको चाड पर्व पर्ने गरि कुनै किसिमको परीक्षा सञ्चालन नगर्न सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन । त्यसतै गरि कपिलवस्तु जिल्ला का सघिय समाजवादि फोरम नेपालका केन्द्रिय सदस्य एवम युवा नेता अकरम पठान का अनुसार हामि मुस्लिमहरुसँग हरदमै नयाँ नयाँ खेल यो सरकार ले खेलिराखेको छ । 

मुस्लिम धर्मलम्बिहरुको महान चाडपर्बकै दिन परीक्षा राख्नु कहाँको उचित नेयाय हो यथासिघ्र परीक्षाको मिति सार्न हार्दिक अनुरोध गर्दछौ यदापि परीक्षाको मिति सरेना भने हामि अन्दोलनमा उत्रन बाध्य हुने छौ । त्यसतै गरि राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा.अब्दुल गनि अल कुफि का अनुसार कुनै पनि समुदायको चाडपर्बहरु लाई ध्यानमा राखि यस्तो निर्णय सरकारले लिनु पर्दछ । 

मुस्लिम धर्मलम्बिहरुको महान चाडपर्ब बकर ईद (इदुल अजहा) मुस्लिम समुदायको तिन दिन सम्मा चल्ने यो पर्ब नेपाल सरकार तथा सम्बन्धित निकायले नसोची समझि आफनै तालले कहिले चाडपर्बकै दिन परीक्षा राखदिने त कहिले चुनाव तसर्थ परीक्षाको मिति सार्न सरकार तथा सम्बन्धित निकायलाई राष्ट्रिय मदरसा संघ नेपालका तर्फबाट आग्रह गर्दछौ । 

नेपाल सरकारले हरेकचोटि मुस्लिम समुदायहरु तथा हरेक समुदायको साथ खेलवाड गर्दै अईरहेको छ । कुनै पनि समुदायको चाडपर्बका दिन परीक्षा, चुनाव लगायतका नौटकि यस सरकार तथा सम्बन्धित निकायले गर्दै रहेको छ । 

अब यसपालि मुस्लिम धर्मलम्बिहरुको महान चाडपर्ब बकर ईद (इदुल अजहा) मुस्लिम समुदायको तिन दिन सम्मा चल्ने यो पर्ब नेपाल सरकार तथा सम्बन्धित निकायले उतm दिन परीक्षा राखेकोले राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मसहुद खाँ नेपालिले घोर आपत्ति जनाउदै मुस्लिम धर्मलम्बिहरुको महान चाडपर्ब बकर ईद (इदुल अजहा) परीक्षाकै दिन परेकोले यथासिघ्र परीक्षाको मिति सार्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन  ।  

त्यसतै गरि मुस्लिम मिडिया सोसाईटी नेपाल का राष्ट्रिय अध्यक्ष इमरान खाँ ले पनि मुस्लिम धर्मलम्बिहरुको महान चाडपर्ब बकर ईद (इदुल अजहा) लाई माध्य नजर राखदै यथासिघ्र टियुले स्नातक तहका परीक्षाको मिति सारदिन नेपाल सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग