मो इमरान खान/भदौ ८, कपिलवस्तु । राष्ट्रिय मदरसा संघ नेपालले सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगरका नयाँ प्रमुखलाई स्वागत र सम्मान गरेको छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो इमरान खान/भदौ ८, कपिलवस्तु । राष्ट्रिय मदरसा संघ नेपालले सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगरका नयाँ प्रमुखलाई स्वागत र सम्मान गरेको छ"/>

2026-09-16 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मदरसा संघद्वारा सशस्त्र गुल्मपतिलाई “कुरान सरिफ”ले स्वागत


मो इमरान खान/भदौ ८, कपिलवस्तु । राष्ट्रिय मदरसा संघ नेपालले सशस्त्र प्रहरी राजश्व तथा भन्सार सुरक्षा गुल्म कृष्णनगरका नयाँ प्रमुखलाई स्वागत र सम्मान गरेको छ ।

गुल्मको हालै पदभार सम्हाल्नुभएका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारती र सशस्त्र प्रहरी निरीक्षक सत्य बुढाथोकीलाई मदरसा संघले एक कार्यक्रमका बीच स्वागत र सम्मान गरेको हो । मदरसा संघका केन्द्रिय अध्यक्ष अब्दुल गनी अलकूफी र महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ ले मुस्लिम धर्मग्रन्थ “कुरान सरिफ” प्रदान गरी सम्मान गरेका थिए ।

कार्यक्रममा मदरसा संघका केन्द्रिय अध्यक्ष अब्दुल गनी अलकूफीले नेपाली सुरक्षाकर्मीले हरेक धर्म सम्प्रदायका नेपालीहरुलाई समान सुरक्षा दिएकोमा स्वदेशमा मात्र नभई विदेशमा समेत चर्चामा रहेको बताउनुभयो । अध्यक्ष अलकूफीले साउदी, कतार जस्ता मुस्लिम देशमा समेत नेपाली सुरक्षाकर्मीको ठूलो मानप्रतिष्ठा बढेको प्रशंसा गर्दै आफ्नो आस्था र विश्वासलाई सधैं जोगाइराख्न सुझाव दिनुभयो । 

मदरसा संघका केन्द्रिय महासचिव मौलाना मशहूद खाँ ‘नेपाली’ले कृष्णनगर क्षेत्रमा हुने विभिन्न किसिमका अपराधिक घटनालाई न्यूनीकरण गर्न सुरक्षाकर्मीले महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गर्नुभयो । साथै शान्ति सुरक्षालाई चुस्त, दुरुस्त र सौहाद्र्रपूर्ण बनाउन सुरक्षाकर्मीले अझ कदम चाल्नुपर्ने मौलाना ‘नेपाली’ले बताउनुभयो ।

कार्यक्रममा नेपाल कै जेठो (१०५ वर्षे) मदरसा जामिया सिराजुल उलूम अलसल्फियाका अध्यक्ष समीम अहमद नदवीले ‘कुरान सरिफ’ को नेपाली अनुवादले इस्लाम धर्मको नेपालमा धेरै महत्व बढेको स्पष्ट पार्नुभयो । सम्पूर्ण मुस्लिम समुदायलाई एकसूत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेल्ने “कुरान सरिफ” ले स्वागत सम्मान गर्न पाउनु सौभाग्य भएको नदबीले बताउनुभयो ।

कृष्णनगर र वरपरका मुस्लिम महिलाहरुको शिक्षामा तौहिद सेन्टरले विशेष योगदान पु¥याएको सेन्टरका अध्यक्ष अब्दुल अजिम मदनीले कार्यक्रमको अवसरमा धारणा राख्नुभयो । कृष्णनगरभित्र आपसी सद्भाव बनाएर शान्तिको अनुभुति गराउने सशस्त्र प्रहरीलाई सहभागीले धन्यबाद दिएका थिए । कृष्णनगरमा पहिलो पटक आएको बताउँदै सशस्त्र प्रहरी नायब उपरीक्षक भारतीले एउटै थलोमा सबैसँग भेटघाट हुने अवसर जुटाएकोमा मदरसा संघलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । उहाँले आफ्नो कार्यलाई निष्ठापूर्ण ढंगले गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा कृष्णनगर स्रोत केन्द्रका स्रोतव्यक्ति अर्जुनप्रसाद लोहार, समाजसेवी दिनेशचन्द्र गुप्त, अहेब दिनेश साह, वडाध्यक्षद्वय सागिर खाँ, संजय गुप्ता, पीआरसी संयोजक भुमिराज भट्टराई, नेशनल ट्रेडिङका किफायतुल्ला खाँ लगायत नागरिक समाज तथा सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग