इमरान खान/भदौ १२, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित जिल्ला पी. वीर अस्पताल तौलिहवामा इमरजेन्सी फाँटमा कर्मचारी अ.हे.व. उग्रसेन मुराउले व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान/भदौ १२, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित जिल्ला पी. वीर अस्पताल तौलिहवामा इमरजेन्सी फाँटमा कर्मचारी अ.हे.व. उग्रसेन मुराउले व"/>

2026-09-16 05:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

तौलिहवा अस्पतालका अहेब उग्रसेन मुराउद्वारा विरामीमाथि दुर्वव्यवहार


इमरान खान/भदौ १२, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित जिल्ला पी. वीर अस्पताल तौलिहवामा इमरजेन्सी फाँटमा कर्मचारी अ.हे.व. उग्रसेन मुराउले विरामीहरुमाथि अभद्र व्यवहार गरेका छन । 

चोटपटक लागेर इमरजेन्सीमा जाँदा सामान्य मलमपट्टी र टिटानसको सुई समेत लगाउन आलटाल गर्ने विरामीहरुलाई फर्काने गरेको स्थानियबासी साधुप्रसाद गुप्ताले गुनासो गरे ।स्थानिय ब्यवसायी साधुप्रसादकी आमाको खुट्टामा सीसाले काटेर अस्पताल पुग्दा अ.हे.व. मुराउले उपचार नगरी फर्काइदिएपछि एउटा मेडिकल गई उपचार गर्नुपरेको बताउँछन । 

निज अ.हे.व.मुराउले यस अघि पनि यस्तै प्रकारले विरामीहरुलाई उपचार सुविधा नदिने उल्टै अभद्र बोलि तथा व्यवहार देखाएर भगाउने गरेको आरोप स्थानीयहरुको रहेको छ ।  निजले अस्पताल समितिबाट पाएको कुर्सीको धाक देखाउने, उपचार गर्न अटेर र आलटाल गर्ने गरेकोले विरामीहरुले आक्रोश पोखेका छन । 

उक्त अस्पतालमा आफ्नी आमाको हृदयरोग सम्बन्धि समस्याका कारण हिँडन नसक्ने अवस्थामा पुगेको र अ.हे.व.मुराउले ग्लुकोज मात्र चढाइदिएर कुनै डाक्टर न बोलाई कुनै वास्ता नगरेको माओवादी केन्द्रका जिल्ला कार्य समिति सदस्य तुफेल खानले बताए । 

स्थानीय सञ्चारकर्मी  इमरान खानले विरामी माथि अस्पतालले हेलचेक्र्याईं गरेको भन्दै अस्पताल परिसरमा पुगीअ.हे.व.मुराउ सँग डिउटीमा कुन डाक्टररहेको सोध्दा तथाडाक्टर खोजी गर्दा निज मुराउले खानमाथि अपशब्द प्रयोग गर्नुका साथै हातपात समेत गर्नखोजेका थिए । 

अस्पताल जस्तो संवेदनशील ठाउँमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने कर्मचारीले उल्टै विरामीहरुमाथि अभद्र व्यवहार गर्ने गरेको भन्दै स्थानीयबासीले अ.हे.व.मुराउ माथि कारवाही अघि बढाउन माग गरेका छन । अन्यथा पीडितहरुले जिल्ला जनस्वास्थ्य प्रमुखको कार्यालय तथा सम्बन्धित निकायमा गई आवश्यक कदम चाल्नुपर्ने अवस्था आउने स्थानीय साधु प्रसाद गुप्ता बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग