Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कालिकोटका जेहन्दार काठ्माण्डौमा सम्मान

By साझासवाल

दलसिंह गिरी | भदौ १४, कालिकोट | यहि गएको एसईईमा उत्कृष्ठ अंक ल्याउने कालिकोटका ५ जना जेहेन्दार एवं विपन्न बालबालिकालाई काठ्माण्डौमा एक कार्यक्रमका विच सम्मान गरिएको छ । केही महिना पहिले सुन्दर कालिकोट समृद्ध कालिकोटका अभियान्ता एवं नेपाली कांग्रेस सम्वद्ध तरुणदलका केन्द्रीय महामन्त्री भुपेन्द्रजंग शाहीको नेतृत्वमा स्थापना गरिएको अक्षयकोषबाट ५ जना बालबालिकाहरुलाई सम्मान गरिएको हो ।

सामुदायिक बिद्यालयहरुमा अध्ययन गरी एसइई परिक्षामा उत्कृष्ठ अंक ल्याउने ५ जनालाई आज शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीको प्रमुख आथित्यतामा नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

काठ्माण्डौको प्रज्ञा भवनमा आयोजित सम्मान कार्यक्रममा बोल्दै शिक्षा राज्यमन्त्री अधिकारीले कर्नालीमा गुणस्तर शिक्षाका निम्ति सरकारले प्रभावकारी नीति अबलम्बन गर्ने बताउनु भएको छ । यस्तै ‘सुन्दर कालिकोट, सम्मृद्ध कालिकोट’का अभियान्ता शाहीले आफ्नो नेतृत्वमा थालिएको यो अभियान राजनीति गर्न वा चुनाव जित्नका लागि नभई कालिकोटका जेहेन्दार एवं विपन्न बालबालिकाहरुको पढाईमा हौसला प्रदान गर्नका लागि अभियान थालिएको बताउनु भएको छ ।

गएको एसईईमा जिल्लामै उत्कृष्ट अंक ल्याउने कालिकोट खाडाचक्र नगरपालिकाका सम्मृद्धि बोहरालाई १० हजार र अन्य ४ जना शान्नीत्रिबेणीका देवजंग शाही, नविन नेपाली, खाडाचक्र नगरपालिकाका दान विक कालिका गाउपालिकाका नरेन्द्र बुढामगरलाई जनहि ५ हजारका दरले सम्मान गरिएको छ । विपन्न बालबालिकाहरुको पढाई प्रति अभिरुची जगाउन हौसला प्रदानका लागि सुन्दर कालिकोट समृद्ध कालिकोटले थालेको अभियानलाई साथ दिन अष्ट्रेलियामा बसोबास गर्दै आउनु भएका शिक्षा व्यवसायी एवं समाजसेवी राम श्रेष्ठले सम्मान कार्यक्रममा बोल्दै रु १० लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।