२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा रक्तसञ्चार केन्द्र नहुँदा समस्या

२०७४, २१ भाद्र बुधबार ०८:५१

भदौ २१, बैतडी। जिल्लामा रक्तसञ्चार केन्द्र नहुँदा बिरामीलाई चाहिने रगत उपलब्ध गराउन समस्या हुँदै आएको छ । जिल्ला अस्पतालमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा सुरु भएयता रगत खोज्न समस्या हुँदै आएको हो । 

रक्त सञ्चार केन्द्र र रक्तदाताको अभावमा बिरामीका आफन्त तथा स्वास्थ्यकर्मीले समस्या भोग्दै आएका जिल्ला अस्पतालका प्रमुख डा गुणराज अवस्थीले जानकारी दिनुभयो । रगतको व्यवस्था गर्न नसक्दा यस अस्पतालमा आएका बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो भयो । 

रक्त सञ्चारको सुविधा नहँुदा दुर्गम गाउँबाट आएका सर्वसाधारणलाई थप समस्या हुँदै आएको छ । चिनजानका भरमा बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्छ । विकल्पमा सेना र प्रहरी कार्यालयमा जान्छन् । त्यहाँ नपाए अन्य उपाय नै छैन । रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा रगत सञ्चय गर्नसक्ने अवस्था छैन । 

“अस्पताल पुग्ने वित्तिकै रगत आवश्यक हुने बिरामीका आफन्तलाई खोज्न लगाउँछौँ ।” अस्पतालका प्रमुख डा अवस्थीले भन्नुभयो, 

सेना, प्रहरी, स्वास्थ्यकर्मीबाट जुटाउन नसके अन्यत्रा सिफारिस गर्नुपर्ने अवस्था छ । पछिल्लो समय अस्पतालको सेवामा सुधार आएपछि दार्चुला र बझाङबाट समेत उपचारका लागि बिरामी यहाँ आउने गरेका छन् । आकस्मिक रक्त सञ्चार केन्द्र भए पनि रक्तदाताको अभावले उपचारमा समस्या हुँदै आएको हो । 

जिल्ला अस्पतालमा जटिल प्रसूति सेवा सुरु भएपछि रगतको आवश्यकता बढेको छ । शल्यक्रिया गरेर प्रसूति गराएकालाई रगत आवश्यक हुन्छ । रगत जुटाउन नसक्दा ग्रामीण क्षेत्रबाट उपचारका लागि आएकाहरु विचल्लीमा पर्दै आएकाले रक्तदाता नपाएर बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था कम गर्न प्रसूतिका लागि अस्पताल आउने महिलासँगै श्रीमान् वा जिम्मेवार पुरुष आउनुपर्ने नियम बनाइएको छ । 

पटक÷पटक रक्तसञ्चार केन्द्र बनाउन छलफल गरे पनि अन्य सरोकारवालाले चाँसो नदेखाउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयको गुनासो छ । कार्यालयले रगतको व्यवस्था गर्न गतवर्ष जिल्लास्थित सरोकारवालासँगको अन्तक्र्रियामा राजनीतिक दल, कर्मचारी र अगुवाले आफ्नो संस्थाको तर्फबाट रक्तदान गर्न चाहनेको विवरण दिने प्रतिबद्धता जनाए पनि अहिलेसम्म कसैले चाँसो नदिएको सो कार्यालयले जनाएको छ । 

स्थानीयवासीमा रक्तदान गरे शारीरिक रुपमा कमजोर हुने अन्धविश्वास छ । आफन्तलाई आवश्यक भएका अवस्थामासमेत रगत दिन तयार नहुने गरेको स्वास्थ्यकर्मीहरु बताउछन् । समुदाय र विद्यालय तहमा रक्तदानसम्बन्धी चेतनामूलक कार्यक्रमसँगै रक्तदाताको सूची अति आवश्यक भएको डा अवस्थीको भनाइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै