२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

चुनौतिका बिच प्रभावकारी बन्दै बैतडीमा स्वास्थ्य विमा

२०७४, २२ भाद्र बिहीबार ०३:५९

नरी बडु/भदौ २२, बैतडी । आर्थिक अवस्था कमजोर भएका जनतालाई स्वास्थ्यको मुल प्रवाहमा ल्याउने उद्देश्यले नेपाल सरकार सामाजिक स्वाथ्य विकास समितिमार्फत ल्याएको स्वास्थ्य बिमा कार्यक्रम बैतडीमा चुनौतिका बिच प्रभावकारी बन्दै गएको छ । 

स्वास्थ्य विमा कार्यक्रम तुलनात्मक रुपमा प्रभावकारी बनेको स्वास्थ्य विमा समितीले जनाएको छ । भगौलिक कठिनाई, गरीबी, नागरिकको चेतनास्तर लगायतका चुनौतिका बाबजुद पनि बिमा कार्यक्रममा नागरिकको आकर्षण देखिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका प्रबन्धक जनक साउदले बताए । 

०७३ पुष महिनादेखि सुरु गरिएको बिमा कार्यक्रम अन्र्तगत बैतडीमा हालसम्म ६ सय २७ घरपरिवारका ३ हजार ३९ जनाले स्वास्थ्य बिमा गराएका छन् भने ३ सय २० जना भन्दा बढीले बिमा पछिको उपचार सेवा लिएका छन् । 

बिमा लागू भएपछि गरिब, स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रुपमा स्वास्थ्य सेवा पाएका छन् । प्रत्येक परिवारमा ५ जना सम्मको लागि २ हजार ५ सय र ५ जनाभन्दा माथिको संख्या भएमा थप ४ सय २५ रुपैयाँ शुल्क लाग्ने गरेको छ । बैतडीबाट १६ लाख ४७ हजार ८ सय ४५ रुपैया प्रिमियम संकलन प्रवन्धक साउदले बताए ।  

बिमा गरेपछि स्थानीयले एक वर्षसम्म बिमा गरेको परिवारको सदस्यलाई ५० हजार सम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधि) प्रदान गरिनेछ । तर, त्यस्तो सेवा भने समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिन्छ ।

‘थुप्रै चुनौतिकाबिच पनि हामीले जनतालाई बिश्सासमा लिन सफल भएका छौ ।’ उनले भने ।सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका बरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर भुवन पौडेलले पहाडी जिल्ला बैतडीका नागरिकलाई स्वास्थ्य विमाबारे सचेत बनाएर बिमा गर्न लगाउन दर्ता सहयोगीहरुलाई सुझाव दिएका छन् । 

गरिब नागरिकका लागि स्वास्थ्य विमा बढी आवश्यक हुने भन्दै उनले बिमा गराएर पैसाको अभावमा उपचारबाट बञ्चित हुनुपर्ने समस्याबाट मुक्त हुन सबै नागरिकलाई आग्रह गरेका छन् ।

‘गरिबीका कारण स्वास्थ्य बिमा गर्न समस्या भयो भन्ने कुरामा म के सुझाव दिन्छु भने बिमा सबैभन्दा बढी गरिबकै लागि आश्वयक छ,’ उनले भने, ‘त्यसैले २५ सयमा ५० हजारको स्वास्थ्य उपचार लिन नछुटाऔ ।’ विपन्न वर्गको स्वास्थ्य सेवामा पहुँच पु¥यााउन बिमा सुरु गरिएकाले निम्न आयस्रोत भएकाहरुले नछुटाई विमा गर्नुपर्ने स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका दर्ता अधिकारी बिष्णुदत्त जोशीले बताए । 

‘स्वास्थ्य बिमा धनीगरिब सबैको लागि लाभदायी बन्छ,’ जोशीले भने, ‘विपन्न बर्गका परिवारले बिमा नछुटाई गर्नपर्छ ।’ गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बिमा लागू भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति बैतडीका प्रवन्धक जनक साउदको भनाई छ ।

विमित सदस्यहरुले भने नेपाल सरकारले जसरी विमा कार्यक्रम ल्यायो त्यसरीनै प्रत्येक स्वास्थ्य संस्थामा नागरिकलाई सहज रुपमा उमचार गराउने  व्यवस्था गर्नुपर्ने बताएका छन् । 

अधिकासं स्वास्थ्य संस्थाहरुमा औषधि र उपचारको पुर्ण व्यवस्था भएमा विमित सदस्यहरुको संख्या समेत बढ्ने उनिहरुको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी