२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको तल्लोस्वराडमा औलोको जोखिम, ६७ नयाँ बिरामी फेला

२०७४, २२ भाद्र बिहीबार ०४:०९

भदौ २२, बैतडी । बैतडीको तल्लोस्वराडमा औलोरोगको जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकोे छ । 

स्वास्थ्य सेवा विभागको महामारी तथा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनअनुसार साविकका मेलौली, शिवनाथ र महारुद्र गाविस औलो जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका महामारी नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति सन्तोष पाण्डेयले जानकारी दिनुभयो । खुला सिमाना, तापक्रममा वृद्धि र लामखुट्टेका कारण सो क्षेत्र बढी जोखिममा परेको पाइएको हो । 

सो क्षेत्रका नागरिकमा गत वर्ष औलो देखिएपछि औलोको जोखिमका विषयमा अध्ययन गरिएको थियो । बैतडी जिल्ला औलो न्यून जोखिम भएको जिल्ला भएपनि मेलौली नगरपालिकाको मेलौली र महारुद्र तथा शिवनाथ गाउँपालिकाका केही वडा औलोको उच्च जोखिममा रहेका छन्, उहाँले भन्नुभयो “औलोको जोखिम बढी भएका ठाउँमा लामखुट्टे मार्ने औषधि समेत स्प्रे गरिएको छ ।” 

औलोको जोखिम रहेका ठाउँमा औषधि स्प्रे गर्नुका साथै जोखिम बढी रहेका केही वडामा झुल वितरण गर्ने कार्य भइरहेको समेत उहाँले बताउनुभयो । एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने गर्दछ । 

बैतडीमा गत आर्थिक वर्ष २०७३÷७४ मा ६७ जना औलोका नयाँ बिरामी फेला परेका छन् । आव २०७२÷७३ मा ३९ जना औलो रोगी फेला परेका थिए । फाट्टफुट्ट रुपमा जिल्ला भरनै औलोका बिरामी रहेको भए पनि तल्लोस्वराडको शिवनाथ, महारुद्र, मेलौली, पञ्चेश्वरलगायतका ठाउँमा धेरै औलोका बिरामी भेटिएका हुन् । 

बैतडीसँगै प्रदेश नम्बर ७ को कैलाली, कञ्चनपुर, डडेल्धुरा पनि औलोको उच्च जोखिममा रहेको एक सर्वेक्षणको दाबी छ । औलो रोग लागेमा उच्च ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी आउने तथा समयमा उपचार हुन नसके बिरामीको मृत्युसम्म हुनसक्ने भएकाले समयमै सचेत रहन पनि जिल्ला स्वास्थ्य कार्यालयले सबैमा आग्रह गरेको छ । 

यस्ता लक्षण देखिएमा अनिवार्यरुपमा नजिकको स्वास्थ्य संस्थामा गई स्वास्थ्य जाँच गराउन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको हो । लामखुट्टे हुर्कन सक्ने खालको वातावरण हुँदा पहाडी क्षेत्रमा समेत औलोको जोखिम बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो । 

आफ्नो शरीरमा औलोको संक्रमण जान्न रक्त परीक्षण अनिवार्य भएको भन्दै डाक्टर अवस्थीले स्वास्थ्य संस्थामा गई निःशुल्क रक्त परीक्षणका गराउनसमेत आग्रह गर्नुभयो । 

स्वास्थ्यकर्मीका अनुसार एनोफिलिस जातको संक्रमित पोथी लामखुट्टेले टोकेर एक मान्छेबाट अर्को मान्छेमा रोग सार्ने गर्दछ । औलो रोग रोकथामका लागि सुत्दाखेरी झुलको प्रयोग गर्ने, सरसफाइमा ध्यान दिने, घर वरिपरि भएका पानीका खाल्डाखुल्डी पुर्नुपर्दछ । 

सरकारले औलो कार्यक्रमको रणनीतिक योजना सन् २०१४–२०२५ अनुसार सन् २०२६ भित्रै राष्ट्रलाई औलो उन्मूलन क्षेत्र घोषणा गर्ने रणनीति तयार पारिसकेको छ । सरकारले रणनीतिअनुसार औलो प्रभावित क्षेत्रलाई सन् २०१८ भित्र शून्यमा झार्ने लक्ष्य लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी