२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा गाँजा नष्ट गर्न प्रहरी सक्रिय

२०७४, २ आश्विन सोमबार १३:५८

नरी बडु/असोज २, बैतडी । जिल्लाको अधिकासं क्षेत्रमा गाँजाका विरुवाहरु आफै उम्रिन्छन् । 

मकैको डाँठ काटेपछि गाँउका खेतमा छरपष्ट रुपमा गाँजा देख्न सकिन्छ । तर पछिल्लो समय जिल्ला प्रहरी कार्यालय, बैतडी गाँजा नष्ट गर्ने अभियानमा सक्रिय देखिएको छ । गाँउमा रहेका युवाहरुलाई कुलतबाट बचाउन र चरेस नियन्त्रणका लागि गाँउ गाँउमा गएर गाँजा नष्ट गर्ने अभियान थालिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख हेरम्ब शर्माले बताए ।


“अधिकासं वेरोजगार युवाहरु जाँड रक्सी तथा गाँजाजन्य नसालु पदार्थको सेवनले दुव्र्यसनीमा फस्ने सम्भावना भएकाले हरेक गाँएमा प्रहरी युनिट खटाएर गाँजा नष्ट गर्ने अभियान चलिरहेको छ” उनले भने ।

जिल्लामा गाँजाको खेति गर्ने गरेका नभएपनि आफै उम्रने समस्या छ । केहि स्थानीयले आफै उम्रेको गाँजा नष्ट नगरिकन चरेस बनाउने लगायतका कानुन विपरित कार्य गर्ने गरेका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिका, पुचौँडी नगरपालिका, पाटन नगरपालिका लगायत सबै क्षेत्रका खेतहरुमा प्रहरी र स्थानीयको सहयोगमा गाँजा नष्ट गर्ने गरिएको छ ।  

गाँजा र त्यसबाट बन्ने चरेसलाई नेपालको कानुनले सेवन गर्न था विक्रि वितरण गर्न बन्देज गरेको छ ।  गाँजा नष्ट गर्नु अघि स्थानीय व्यक्तिहरु संग गाँजाबाट हुने हानी र कानुनबारे जानकारी गराई गाँजा नष्ट गरिरहेको डिएसपी शर्माले बताए । 

सदरमुकाम क्षेत्रमा लुकिछिपी गाँजा सेवन गर्ने गरेको भएपछि गाँउघरतिर यसको सेवन निकै भएको पाईन्छ । 

गाँजा सेवन तथा विक्रिवितरण कानुन विपरित भएकाले यस्तो कार्य कसैले पनि नगर्न जिल्ला प्रहरी कार्यालयले सबैमा आग्रह गरेको छ । 

गाँजा नष्ट संगै बस्ती भेटघाटपनि 

जिल्लामा रहेका विभिन्न प्रहरी चौकि, इलाकाका इन्चार्ज र जिल्ला प्रहरी प्रमुख डिएसपी को नेतृत्वमा गाँजा नष्ट गर्न गाँउ गएका प्रहरीहरुले बस्ती भेटघाट समेत गर्ने गरेका छन् । 

समाजमा घट्ने विभिन्न प्रकारका घटना नियन्त्रण र स्थानीयहरुलाई सचेत गराउन प्रहरीले यस्तो अभियान चलाएको हो । दुर्गमका गाँउमा समस्याका रुपमा रहेको मादकपदार्थ सेवन, घरेलु हिंसा र अन्य दुव्र्यसनी लगायतका विषयमा स्थानीयलाई जानकारी गराउने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


कानुनको अज्ञानताले समाजमा विभिन्न किसमका विकृती र विसंगतीहरु बढ्नुका साथै अपराधिकरण पनि बढ्ने भएकाले गाँउमा पसेका बेला यसबारेमा छलफल हुने गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी शर्माको  भनाई छ । 

पछिल्लो समय बैतडीमा आत्माहत्या गर्नेको संख्या बढ्दै गएकाले आत्माहत्या घटाउनका लागि पनि बस्ती भेटघाट जरुरी रहेको उहाँको भनाई छ । 

सुदूरपश्चिमको महान चाँड गौरा सकिए संग नजिकिन लागेको बडा दशै र तिहारको अवसरमा हुने अपराधिक घटना घट्न नदिन समेत प्रहरीले विषेस सुरक्षा योजना अघि सारेको छ ।  दशैको वेलामा गाँउमा विडभाड हुने भएकाले प्रहरीलाई तुलनात्मक रुपमा चनाखो बनाईएको शर्माले बताए । 

“चाँडबाडको समयमा जिल्लामा संचालन हुने विभिन्न सवारी साधनका चालकहरुले मादकपदार्थ सेवन गरी सवारी हाक्ने सम्भावना भएकाले त्यसतर्फ पनि विषेस ध्यान दिएका छौँ” उनले भने । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी