Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
September 18, 2017 बैतडी - BTD, समाज

नयाँ शक्तिका केन्द्रिय परिषद सदस्य एमालेमा प्रवेस

By साझासवाल 3 मिनेट पढाइ

नरी बडु | असोज २, बैतडी | नयाँ शक्ति नेपाल पार्टी, बैतडीका केन्द्रिय परिषद् सदस्य राजेन्द्र लुहारले एमाले प्रवेस गरेका छन् । एमाले राष्ट्रवाद र जनवादको पक्षमा वकालत गर्ने प्रमुख पार्टी भएकाले एमालेमा प्रवेस गरेको उनको भनाई छ ।

२०४६ सालदेखि दलित शिक्षक पार्टी संगठनको (एमाले) बाट राजनीतिक यात्रा सुरु गरेका लुहारले ०५८ को द्वन्द्वकालमा माओवादी निकट शिक्षक दलित बुद्धिजिवि मा राजनीतिक गर्दै आएका थिए ।

पछिल्लो समय एमालेको निति र कामले आफुलाई एमालेमा आक्रषित गरेको लुहारले बताए ।

जिल्लाको पुचौँडी नगरपालिका–८ मल्लादेहिका स्थायी बासिन्दा लुहारले लामो समय शिक्षक पेसामा रही काम गरेका थिए । शिक्षक पेसाबाट अवकास लिई उनले राजनीतिबाट देश र जनताको पक्षमा काम गर्ने अठोट लिएका छन् । “आफुले कुनै स्वार्थ विना एमालेमा प्रवेस गरेको हो” उनले भने ।

दलितका युवा नेता भनेर चिनिने उनलाई जिल्ला सदरमुकाम गोठलापानीमा आयोजित एक कार्यक्रममा एमालेका नेता तथा सांसद दामोदर भण्डारी, नेता प्रमानन्द भट्ट, पार्टी जिल्ला कमिटी सचिव लिलाधर भट्ट लगायतले अबिर लगाई पार्टीमा स्वागत गरेका थिए ।