2026-09-19 11:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा अज्ञात व्यक्तिद्वारा विस्तापित शिक्षकको घरमा आगजनी

नरी बडु/असोज ९, बैतडी । जिल्लाको शिवनाथ गाँउपालिका–६ कनालीका विस्थापित शिक्षक करन रानाको घरमा अज्ञात व्यक्तिले आगजनि र तोडफोड गरेका छन् । 

गैरदलित परिवारकी छात्रा दलित केटासंग गएपछि विद्यालय व्यवस्थापन समितीले निस्कासित गरी गाँउबाट विस्थापित भएका शिक्षकको घरमा शनिबार आजगनी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

आगजनीबाट उनको घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरीको भनाई छ । गैरदलित छात्रालाई दलित केटासंग भाग्न शिक्षक करन रानाकी पत्नी शिक्षिका राजु रानाले सहयोग गरेको स्थानीयको आरोप छ । राजु राना स्थानीय कृष्ण निमाविमा शिसु कक्षा पढाउने शिक्षिका हुन भने उनका पति करन राना श्री हिरापुर मावि कनालिमा निमावि मा राहात कोटाबाट अध्यापन गराउदै आएका थिए । १३ वर्षीय छोरी र ९ वर्षीय छोरालाई संग राखि सदरमुकाममा बस्दै आएका करन रानाको घरमा आगजनी गरेपछि धनमाल र लत्ताकपडा सबै जलेका छन् ।

“उपल्लो जातिको छोरीलाई तल्लो जातिको केटासंग भगाउनमा तेरो र तेरो पन्तीको हात छ भन्दै मलाई गाँउबाट विस्थापित गरीयो  ।” रानाले भने । न्यायको लागि महिनौँ देखि राना परिवार सदरमुकाममा बस्दै आएका छन् ।

“नयाँ घरमा आगजनि ग¥यो भनेर आफन्तले खबर गरे, सबै सम्पत्ति र लत्ताकपडा घरभित्रै थियो” रानाले दोहो¥याए । विस्थापित करन रानको घरमा आगो लगाउने व्यक्तिहरुको खोजिकार्य चलिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र वमले बताए ।

आफ्नै गाँउबाट विस्थापित भई जिल्ला सदरमुकाम शाहिलेकमा बस्दै आएका ३५ वर्षीय करन राना र ३० वर्षीया पत्नी राजु रानाले स्थानीय गैरदलित समुदायकी छात्रा दलित समुदायका केटासंग भगाउनमा आफ्नो कुनै हात नरहेको बताउदै आएका छन् ।

एक महिना संम्म सम्पर्क बिहिन बनेका गैरदलित समुदायकी छात्रा र दलित समुदायका केटा ०७३ मा सम्पर्कमा आएका थिए । छात्राले दलित केटासंग आफुखुसि गएको प्रहरी समक्ष बयान दिएपनि केटीको उमेर २० वर्ष नपुगेकाले उनलाई आ–आफ्नो परिवारको जिम्मा लगाईएको थियो ।

सोहि घटनापछि शिक्षक दम्पति र उनका छोरा छोरी विस्थापित भएका हुन् । गैरदलित समुदायले आफुहलाई गाँउमा आए मार्ने धम्की दिनेगरेको पीडित शिक्ष्का रानाले गुनासो गरे । शिक्षा नियमावलि अनुसार कुनै अपराध विना शिक्षलाई निस्कासित गर्न नपाईने भएपनि व्यवस्थापन समितीले भने नियमावलिको अवज्ञा गर्दै शिक्षकलाई निस्कासित गरेको आरोप छ । गाँउलेहरुले निस्कासन गर्न दबाव दिएपछि करन रानालाई निस्कासित गर्नु परेको विद्यालय का प्रधानाध्यापक जनक चन्द बताए ।

विद्यालय व्यवस्थापन समितीले कुनै कसुरबिना शिक्षकलाई कामबाट निकाल्न नसक्ने र विस्थापित करन राना को घरमा आगजनी गर्ने व्यक्तिको तत्काल खोजि गरी कारबाहि प्रक्रिया अगाडी बढाउने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

“त्यसरी कसैलाई कामबाट निकाल्न पनि पार्ईदैन र आगो लगाउने कुरात सरासर कानुन विपरित भएकाले तस्ताका दोषिमाथि कारवाहि गरिन्छ” जोशीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह