२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

स्वास्थ्यमा सुदूरपश्चिम: बैतडी र दार्चुलासहित चार जिल्ला उत्कृष्ट १० भित्र

२०७४, १० आश्विन मंगलवार ०६:२७

बिनोदसिंह बिष्ट/असोज १०, बैतडी । पछिल्लो समय सुदूरपश्चिम अर्थात् प्रदेश नं ७ का नागरिकको पनि स्वास्थ्यमा पहुँच पुग्न थालेको छ । 

पछिल्ला तीन वर्षयता सुदूरपश्चिमका जिल्लामा स्वास्थ्य सूचकांकमा उत्कृष्ट हुँदै आएका छन् । भौगोलिकरुपले विकट र अन्य सूचकांकका हिसाबले पछि रहेको सुदूरपश्चिम स्वास्थ्य क्षेत्रमा भने अघि देखिँदै आएको छ । 

स्वास्थ्यमा कार्यसम्पादन मूल्यांकनका आधारमा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवामा उत्कृष्ट जिल्लाको नाम सार्वजनिक गर्दा सुदूरपश्चिमका चार जिल्ला उत्कृष्ट १० भित्र परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा उत्कृष्ट स्वास्थ्य सेवा दिने दोस्रो नम्बरमा सुदूरपश्चिमकै अछाम परेको छ । ८८ दशमलव ३९ अंक लिएर अछाम दोस्रो बनेको हो । 

यस्तै, दार्चुला पाँचौँ स्थानमा छ भने गत वर्ष तेस्रो नम्बरमा रहेको बैतडी यो वर्ष भने छैटौँ नम्बरमा परेको छ । अघिल्लो वर्ष ९० दशमलव ४ अंक पाएको बैतडीले यस वर्ष भने ८४ दशमलव ७३ अंक मात्र पाएको छ । आव २०६७/६८ मा बैतडी ६८औँ नम्बरमा रहेको थियो । बझाङ पनि देशभरिमा १०औँ नम्बरमा रहँदै उत्कृष्ट १० भित्र पर्न सफल भएको छ । 

सुदूरपश्चिमले स्वास्थ्य क्षेत्रमा नियमित प्रगतिको फड्को मारिरहेकोे जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यको क्षेत्रमा ३५ वटा सूचकभित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भजाँच, क्षयरोग, बेरुजु फस्र्योट, क्षेत्रीय स्वास्थ्यले दिएको अंक र जिल्लाको वार्षिक प्रतिवेदनका आधारमा मूल्यांकन गरिएको हो ।” 

केही वर्ष अगाडि स्वास्थ्य सूचकांकमा खस्किँदै गएको सुदूरपश्चिम पछिल्लो समयमा स्वास्थ्यकर्मी र समुदायको सक्रियतामा स्वास्थ्य सूचकांकमा सुदूरपश्चिमका जिल्लाहरु उत्कृष्ट हुँदै आएका उहाँले बताउनुभयो । 

सुदूरपश्चिमले स्वास्थ्य सेवामा जति फड्को मार्नुपर्ने हो त्यति फड्को मार्न नसकेको डा अवस्थीको भनाइ छ । उहाँले भन्नुभयो, “भौगोलिक विकटता, चाहिनेजति स्वास्थ्यकर्मीको आपूर्ति नहुनु र समयमै औषधिलगायतका सामग्री नपुग्नु मुख्य कारण रहेको छ ।” 

मन्त्रालयले विभिन्न मापदण्ड तयार गरी उत्कृष्ट जिल्ला छनोट गरेको जनाएको छ । देशभरिमा सुर्खेतले ८९ दशमलव ८ अंक सहित पहिलो जिल्ला बनेको छ । तेस्रो स्थानमा प्यूठान, चौथोमा ललितपुर, सातौँमा दाङ र पाल्पा आठौँ नम्बरमा परेको छ भने रोल्पा नवौँ नम्बरमा पर्न सफल भएको छ । 

स्वास्थ्य मन्त्रालयले प्रत्येक वर्ष गर्ने मूल्यांकनमा आव २०७१÷७२ र २०७२÷७३ मा लगातार सुदूरपश्चिमका पाँचवटा जिल्ला उत्कृष्ट १० जिल्लामा परेका थिए । पछिल्लो पाँच वर्षयता सुदूरपश्चिमले स्वास्थ्य क्षेत्रमा निकै प्रगति भएको छ । 

स्वास्थ्य क्षेत्रका ३५ वटा सूचकांकमा मूल्यांकन टोलीले तयार पारेको ३५ वटा छुट्टाछुट्टै सूचकबाट प्राप्त अंकका आधारमा तथा आव २०७३÷७४ को राष्ट्रिय समीक्षा गोष्ठीमा उत्कृष्टताका आधारमा जिल्लाको नाम सार्वजनिक गरिएको हो । 

स्वास्थ्यको क्षेत्रमा ३५ वटा सूचकभित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भजाँच, क्षयरोग, बेरुजु फस्र्योट, क्षेत्रीय स्वास्थ्यले दिएको अंक र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा मूल्यांकन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

आव २०७३/७४मा सबैभन्दा कमजोर स्वास्थ्य सेवा दिने जिल्ला मनाङ बनेको छ । ७५ जिल्लाको मूल्यांकनमा ५६ दशमलव ८ अंकमात्र पाएर मनाङ सबैभन्दा कमजोर जिल्ला बनेको हो । सेवाका हिसाबले दोस्रो कमजोर जिल्ला सोलुखुम्बु बनेको छ । 

सर्लाही तेस्रो कमजोर जिल्ला बनेको छ । चौथोमा धनकुटा, पाँचौँमा सप्तरी, छैटौँमा भोजपुर, सातौँमा हुम्ला परेका छन् । यस्तै, आठौँमा सुनसरी, नवौँमा ताप्लेजुङ र दशैाँमा रौतहट परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी