Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कपिलवस्तुमा दुर्गा विसर्जन गर्दागर्दै एक किशोरी नदीमा डुबेर मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>इमरान खान |</b> कपिलवस्तु १६ आसोज । कपिलवस्तु जिल्लाको कञ्चनिया नदीमा दुर्गा मूर्ति विसर्जन गर्न गएकी कपिलवस्तुकी एक किशोरीको नदीमा डुबेर मृत्यु भएको छ । </p><p>महराजगंज नगरपालिका वार्ड नं. ७ कुशहवाका घर भएकी १८ वर्षीया रोशनी शुक्लाका मृत्यु भएको हो । स्थानीय खेमराज शुक्लाकी छोरी रोशनी शुक्ला दुर्गाको मूर्ति विसर्जन गर्ने टोलीसँगै भएर नदीमा गएकी थिइन । </p><p>आइतबार बिहान साढे ९ बजेतिर कलशलाई नदीमा सेलाउने क्रममा डुबेर उनको ज्यान गएको ईलाका प्रहरी कार्यालय बहादुरगंजले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगंजमा&nbsp; रहेको छ ।</p>