2026-09-02 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा रातो प्लेट गाडीको अचेक्ली, कालो प्लेटको मनपरी


प्रेम सुनार/असोज २०, गुल्मी । भर्खरै कार्याभार सम्हालेका गुल्मीका प्रमुख जिल्ला अधिकारी संगको भेटमा यहाँका पत्रकारहरुले विशेषत चाडपर्व र विपदको बेला यहाँका यातायात व्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेको जनगुनासो राखेका छन् ।

नयाँ प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको आमन्त्रणमा भेटघाटमा पुगेका पत्रकारहरुले दशैमा यातायात व्यवसायीहरुले मनपरी भाडा उठाएर यात्रुहरुको ढाड सेक्दा पनि प्रहरी प्रशासन मुकदर्शक भएर बसेको गुनासो गरेका थिए  ।

पाल्पा तम्घास सडक खण्डको भँडेरीमा पहिरो जाँदा जिल्लावासीलाई प्राकृतिक विपद परेको वेला मानविय सहयोगमा  यातायात व्यवसायी पनि जुट्नु पर्ने बेला व्रम्हालुटमा लागेको आरोप समेत पत्रकारहरुले लगाए ।

जिल्लाका ठाउँ ठाउँमा आवस्यक गाडी नपुराएर दशैका यात्रुहरु हिडेर सास्ती खेपेको, गाडी कम गराएर दोव्वर तेव्वर भाडा असुलीको नियति वोकेको आरोप लगाउँदै अव छिट्टै आउँदै गरेको तिहारका यात्रुहरुलाई यसरी ठगीन र दुख दिनबाट बचाउन पत्रकारहरुले आग्रह समेत गरे ।

भाडामा यात्रु बोक्न नपाउने रातो प्लेटका गाडीहरुले छतमा समेत मानिसहरु कोचेर हिड्दा पनि  प्रशासनले ध्यान नदिएको धेरै पत्रकारहरुको गुनासो थियो । रातो प्लेटवाल गाडीले सिट क्षमता अनुसारको आफ्नो परिवार वा दुख विमारमा परेका आफन्तजन बोक्न दिए पनि पेशेवर रुपमा उनिहरुले  यात्रुहरु राखेर राज्यलाई बढि  कर तिर्ने पेशेवर कालो प्लेटका यातयात व्यवसायीहरु माथी अचेक्ली भएको  विषयमा पनि प्रशासनको ध्यानकृष्ट गराईएको थियो ।

बजार अनुमन नहुने, यातायातका साधनमा छड्के. चेक नहुने , प्रहरीले गर्ने चेक चाँज देखालो दाँत जस्तै हुने लगाएतका विषयमा प्रमुख जिल्ला अधिकारी अर्यालय आफ्नो गम्भीर ध्यानकृष्ट भएको बताएका थिए ।

 उनले आफु यसै जिल्लाको नागरिक समेत भएकोले जिल्लाको शान्ति सुरक्षा , सुशासन पारदर्श प्रशासनका लागि सवै संग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता जनाएका थिए । भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतका जिल्लाका क्रियाशिल पत्रकारहरु पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली