2026-10-28 10:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

लाखौं रकम संकलन हुँदा पनि किन बनेन त पिपलधाराको कोट ?

प्रेम सुनार/असोज २२, गुल्मी । लामो समय देखि देश विदेशमा रहेका गुल्मी पिपलधारावासीले रकम संकलन अभियान गरेर गाउँको खड्ग छत्रकोट पुनरनिर्माण गर्न पहल गरे पनि स्थानियले अहिले सम्म निर्माण गर्न सकेका छैनन् । 

स्थानियवासी तथा रकम संकलन अभियानका एक सदस्य वावुराम थापाले फेशवुक मार्फत उक्त अभियान ओझेलमा पर्ने त होईन ? भनेर शंक उत्पन्न गरेका छन् । 

सञ्चारकर्मी समेत रहेका मलेशियामा  कार्यरत  थापाले मात्र होईन उनि जस्तै देश विदेशमा रहेका पिपलधारावासीले चासो राखेर झण्डै तिन लाख संकलन भई सकेको र ८ लाख घोषण समेत भएको भनिएको त्यो रकम कहाँ कसको साथमा छ ? भन्ने विषयमा समेत स्थानियवासी अनविज्ञ रहेको बताउँ छन् । 

पिपलधाराको मुख्य बजार र प्रशासनिक निकाय समेत रहेको उक्त कोट त्यहाँका वासीन्दाले चैते दशै र बडा दशैमा निकै महिमाका साथ पुजा गर्ने र सराएँ खेल्ने कोट हो । यसवारे स्थानिय समाज सेवी हरिबहादुर थापा संग सम्पर्क राख्दा विविध कारणले बन्न नसकेको छोटो प्रतिकृया दिए । त्यस कोट पुजा व्यवस्थापन समितिका अध्यक्ष रिखबहादुर खड्काको ध्याकृष्ट गराउँदा उनले आवस्यक स्थानको अभावमा बनाउन नसकिएको प्रतिकृया दिए । 

त्यस मन्दिर संगै स्वास्थ्यचौकीको भवन रहेको छ जुन भवन नभत्काए सम्म रोकिएर त्यसलाई भत्काउनका लागि धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल संग आग्रह गरेको उनले बताए । उनका अनुसार गाउँ प्रमुख पाखेरेलले  प्रकृया मिलाएर भत्काई कोट बनाउन सुरु गर्न भनि सकेका छन् । धुर्कोट गाउँपालिका वडा नम्वर २ पिपलधाराका अध्यक्ष नविन जिसीले अव छिट्टै सुरु गरिने जानकारी दिए । पहिला जनस्वास्थ्य कार्यालयको अनुमति लिएर भत्काउनु पर्ने भएकोले ढिला भएको थियो । 

अहिले गाउँपालिका संग समन्व्य गरेर हुने भएकोले मैले केहि दिन अघि गाउँपालिका प्रमुख भुपाल पोखरेल संग कुरा राखेको छु वडाध्यक्ष जिसीले भने उहाँले समितिको निर्णय बनाएर ल्याउनुस कोट बनाउन सुरु गरी हालौंला भन्नु भएको छ ।  

वडाध्यक्ष जिसीको परिवारले समेत त्यस कोट निर्माणका लागि २१ हजार दिएको छ । यसरी नै त्यहाँका थुप्रै परिवारले  कोट निर्माणका लागि करिव ८ लाख रुपैयाँ घोषणा गरेका छन् । 

त्यो क्रम बढ्दै जाँदा भव्य कोट व्यवस्थी मैदान समेत बन्ने देखिएको छ । सामाजिक सञ्जाल मार्फत धेरै जना पिपलधारावासी उक्त कोट निर्माण गर्न सुरु गरे सक्दो सहयोग गर्ने घोषण समेत घरेका छन् । 

यस कार्यमा पिपलधारा चौतारी विश्व सम्पर्क मञ्चले विशेष् पहल गर्दै आएको छ । मञ्चका महासचिव राजेन्द्र खड्का लगायतका साथीहरु यति वेला घर आई पुगेको अव तत्काल काम सुरु गरिने वडाध्यक्ष जिसीले जनाएका छन् । रकम घोषणा गरी सकेका महानुभावलाई खातामा रकम जम्मा गर्न समितिले आग्रह समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु