२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुमा करवाचौथ पर्व हार्सौउल्लासका साथ मनाइयो

२०७४, २३ आश्विन सोमबार १०:४६

इमरान खान/असोज २३, कपिलबस्तु । करवाचौथ पर्व कपिलबस्तुमा धुमधामका साथ मनाइएको छ । 

तराईका हिन्दु महिलाहरुले मनाउने पर्व करवाचौथ कपिलबस्तुमा पनि धुमधामका साथ मनाइएको छ । परापुर्व कालदेखी यो पर्व तराईका बिवाहित मधेशी महिलाहरुका लागि धेरै नै महत्वपूर्ण पर्वको रुपमा मनाउदै आएका छन । 

करवाचौथ पर्व बिवाहित मधेशी महिलाहरुका लागि धेरै नै महत्वपूर्ण पर्व हो । मूख्यतः यो पर्वमा महिलाहरु श्रीमानको सुखशान्ति, लामो आयु तथा उत्तरोत्तर प्रगतीको कामना गर्दै उपवास बस्ने र दिनभरि निराहर व्रत बसेका व्रतालुले रातिको समयमा चन्द्रमाको पूजा गरेपछि उपवास तोडने परम्परा रहेको छ । 

माता पार्वतीले कठिन तपस्या गरेर भगवान शिवलाई श्रीमान प्राप्त गरेपछि अखन्ड सौभाग्यका लागि यो व्रत गरिएको धार्मिक ग्रन्थ नारद पुराणमा उल्लेख छ । 

यो पर्वमा अविवाहित महिलाले भने मनले चिताएको श्रीमान पाउनका निम्ति यो ब्रत बस्ने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी