2026-10-28 10:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

प्रेम सुनार/असोज २६, गुल्मी । गुल्मी लगायत छिमेकी जिल्लाका स्थानीयलाई अब एपेन्डिसाइटिसको उपचार गर्न पाल्पा बुटवल जानु नपर्ने भएको छ । 

जिल्ला अस्पताल तम्घासले पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको छ । जुन खबरले नागरिकहरुमा खुसी छाएको छ । अहिलेसम्म जिल्ला अस्पताल तम्घासमा एपेन्डिसाइटिसको शल्यक्रिया नगरिएको अस्पताल प्रसासनले जनाएको छ । जसका कारण सवै स्तरका परिवारहरु पाल्पा बुटवल लगायतका स्थानहरुमा बढि खर्च तिरेर उपचारको लागि पुग्ने गरेका थिए ।

अहिले जिल्ला अस्पताल तम्घासमा सरुवा भएर आउनुभएका एमडिजिपी डाक्टर उत्तम पच्याले एपेन्डिसाइटिसको सफल शल्यक्रिया गर्नुभएको हो । ‘मेरो लागि नौलो कुरा भएन जिल्ला अस्पतालमा पहिलो अप्रेशन रहेछ,’पच्याले भन्नुभयो,‘अब धेरै खर्च गरेर एपेन्डिसाइटिसकै लागि बाहिर नजान सवैलाई आग्रह गर्दछु ।’

पहिलो पटक रेसुङ्का नगरपालिका ९ की ३२ बर्षिया सम्झना मरासिनीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । उनी जिल्ला अस्पताल तम्घासमै कार्यरत कर्मचारी हुन् । अहिलेसम्म जिल्ला अस्पतालमा यो रोगको उपचार नभएपनि डाक्टरको हिम्मतको कदर गर्नकै लागि आफुले शल्यक्रिया गर्न सहमती जनाएको सम्झनामा श्रीमान बासु मरासिनीले बताउनुभयो ।

‘जोखिम मोलेकै हुँ, तर सफल भयो खुसी छु,’मरासिनीले भने,‘आफुपनि डाक्टरको क्षमताबाट प्रभावित भए ।’ जिल्ला अस्पताल यो रोगको उपचारका लागि योग्य भएकाले गर्ने नगर्ने भन्ने कुरा डाक्टरको हातमा भएको शल्यक्रियामा सहभागी डाक्टर पच्याले बताउनुभयो ।

‘पहिले पनि डाक्टर र अवस्था उस्तै थियो तर शल्यक्रिया भएको रैनछ,’पच्याले भन्नुभयो,‘यो सवै कुरा व्यक्ति र उसको कार्यकुशलतामा भरपर्छ ।’ पच्याकै अनुसार बाहिर प्राइभेट अस्पतालमा गएर एपेन्डिसाइटिसको उपचार गर्दा ४० देखि ५५ हजार खर्च हुने गर्दछ ।

तर जिल्ला अस्पतालमा करिव ८ हजारमा सो रोगको उपचार हुने उहाँले बताउनुभयो । डाक्टर पच्या गुल्मी पराल्मीको हुनुहुन्छ ।

एक वर्षमा नगरेको काम पाच्यले डेढ महिनामै गरे

गत एक वषभरीमा जिल्ला अस्पताल गुल्मीले जम्मा प्रसुति सम्वन्धी १३ वटा मात्रै जटिल शल्यक्रिया गरेको थिए । त्यस अघिका वर्षहरुमा अधिकांस पाल्पा रिफर गरिन्थ्यो ।  तर

उ जिल्ला अस्पताल ताप्लेजुङ्कबाट सरुवा भएर भदौ १ गते जिल्ला अस्पताल  गुल्मी  आउनुभएका डाक्टर पाच्यले डेढ महिना मै  अस्पतालले वर्षभरी गर्न नसेको शल्यक्रिा डेढ महिना मै १९ वटा गर्नु भएको  छ ।

अव जिल्ला अस्पतालबाटै हाड सम्वन्धी सल्याक्रिया सेवा समेत आफुले दिन सक्ने डाक्टर पाच्यले बताउनु भयो । उहाँ निक साईमन्स काठमाण्डौले खटाएर पठाएका डाक्टर हुनुहुन्छ ।

अव उहाँ त्यस अस्पतालमा रहे सम्म  प्रसुतिको जटिल शल्यक्रियाका लागि सर्वसाधरण कुनै ठुला अस्पताल धाउन र बढि खर्चमा पर्न पर्ने छैन् । उहाँ आउनु अघि सम्म सल्यक्रिया गराउनु पर्ने गर्वती महिला पाल्पा बुटवल जानु पर्दथ्यो । त्यस क्रममा कतिपयको ज्यान समेत जाने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु