2026-09-15 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

म्यादि प्रहारी बन्न युवा-युवतीको घुईचो

इमरान खान | असोज २७, कपिलवस्तु | कपिलवस्तु जिल्लामा आगामी मंसिरमा हुने केन्द्रिय र प्रदेशसभा निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरीमा माग गरिएको आवेदन दिन पुरुषको तुलनामा महिलाको बढी भीड देखिएको छ । 

म्यादि प्रहारीका लागि चार हजार भन्दा बढि को अवेदन र्फम भर्नका लागि युवा युवतिको यतिबेला कपिलवस्तुमा घुईचो लागेको छ । नेपालमा जागिर नभएपछि म्यादि प्रहारीमा इन्टर, बेचलर जस्ता पढे लेखेका पुरुष तथा महिलाहरुले दुःख पोखदै म्यादि प्रहारीमा अवेदन दिन लगेका छन । 

खासगरि तराई क्षेत्रका मधेशिहरु अधिकांश बिदेश पलाएन हुन्छन भने जो बिदेश जान असर्मथ रहेका ले नेपालका नेताहरुले नेपालमा खासगरि तराई क्षेत्रका मधेशमा जागिरका कुनै श्रोत नरेहेको र बच्चाहरुको पालन पोसन, पढेलेखेको युवाहरुका लागि कुनै जागिर नभएको कारणले म्यादि प्रहारीका लागि हामि अवेदन दि राखेछम भन्ने म्यादि प्रहारीका लागि अवेदन दिन अएकाले गुनासो पोखेका छन । 

बिद्यार्थीसमेत पढाई खर्च जोहो गर्नका लागी निश्चित समयको कार्य भएकाले म्यादी बन्न आवेदन दिन आएका छन । तराई क्षेत्रका मधेशकाका नेताहरु जितेर त जान्छन तर युवाहरुका लागि रोजगार सम्बन्धि अहिले सम्मा कुनै नेता ले रोजगारीका लागि कुनै ब्यवस्था तथा कुनै अवाज उठाएका छैनन म्यादि प्रहारीका लागि अवेदन दिन अएकाले गुनासो गरेका छन । हाम्रो रोजगारको कुनै श्रोत नरेहेकोले हामी पढेलेखेका ले हामीहरु बाध्य भएर म्यादि जस्तामा अवेदन दिन परि रहेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा म्यादी प्रहरीमा आवेदन दिन महिलाको निकै भिड लागेको छ । 

आगामी मंसिरमा हुने केन्द्रिय र प्रदेशसभा निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरीमा माग गरिएको आवेदन दिन पुरुषको तुलनामा महिलाको बढी भीड देखिएको छ । सरकारले निर्वाचनलाई शान्त, मर्यादितर भयरहित सम्पन्न गर्नका लागि गत मंगलबारदेखि असोज ३० सम्म आवेदन खुल्ला गरेको छ । आवेदनमध्येबाट देशभर ९८ हजार २ सय ६८ म्यादी प्रहरी नियुक्त हुनेछन् । आवेदन दिनेमा कतिपय किशोरी, बैदेशिक रोजगारीबाट फर्किएका तथा सुरक्षा निकायमा कार्य सम्पादन गरेको अनुभव भएका महिलाहरु रहेका छन । बढ्दो बेरोजगारीले महिला र किशोरीलाई म्यादी बन्न आकर्षण गरेको छ ।  

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले म्यादी प्रहरीको दरखास्त दिन सक्नेछन् । उनिहरुलाई ५५ दिन कार्यावधी रहने गरि भर्ना माग गरिएको हो । आवेदनको आधारमा आबेदकहरुबाट कार्तिक ५ देखी ८ गते सम्मको अबधीमा छनौट प्रक्रिया अघि बढाईने छ । म्यादी प्रहरीमा छनौट हुनेलाई प्रहरी जवान सरहको आधारभुत तलब, निर्वाचन अबधीमा बिशेष भत्ता, निर्वाचन क्रममा घाईते भए १ लाख ५० हजार सम्म उपचार खर्च तथा निर्वाचनमा मृत्यु भएका अवस्थामा आश्रित परिवारलाई १५ लाख आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ