Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अटोरिक्सालाई व्यवस्थित रुपमा संचालन गर्नुपर्नेमा जोड

By kit 4 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माधव बेल्वासे/कात्तिक ९, कपिलवस्तु । अटोरिक्सालाई व्यवस्थित रुपमा संचालन गनुपर्नेमा वक्ताहरुले जोड दिएका छन ।

अटोरिक्सा व्यवसायीहरुको छाता संगठन शिवराज अटोरिक्सा समितिको कार्यालय उद्घाटन गर्दै वोल्ने वक्ताहरुले यस्तो वताएका हुन । कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले ट्राफिक ऐन नियमको परिधिमा रही रुट निर्धारण गरी अटोरिक्सा संचालन गन आग्रह गरे । अटोरिक्साले युवाहरुको वढदो वैदेशिक यात्रालाई कम गरी स्वरोजगार बनाएको धारण व्यक्त गरे ।

नगरप्रमुख अधिकारीले अटोरिक्साले निम्त्याउने विकृति एवं विसंगतिलाई हल गर्दै व्यवसायीमाथि पर्ने समस्याप्रति समिति पूर्ण जिम्मेवार हुनुपर्ने वताए । अधिकारीले यसवर्ष नगरभित्र २० किलोमिटर बाटो कालोपत्रे हुने भएकाले व्यवसायीलाई केही सहज हुने जानकारी गराए  ।

कार्यालय उद्घाटन कार्यक्रममा युवा नेता अजय थापाले विदेशिने युवालाई स्वदेशमै आई आत्मनिर्भर बनी देशविकासमा लाग्न सुझाव दिनुभयो । बजारलाई स्वच्छ, सफा, हराभरा, व्यवस्थित र सुन्दर नगरको रुपमा विकास गर्न अटोरिक्सा व्यवसायीलाई नेता थापाले आग्रह गरे

कार्यक्रममा वोल्दै अस्थायी ट्राफिक प्रहरी पोष्ट चन्द्रौटाका प्रमुख एवं सहायक प्रहरी निरीक्षक (असई) अमर थापाले चन्द्रौटा हरेक क्षेत्रको मुख्य नाका भएकाले अन्य सवारी साधनलाई अवरोध हुनेगरी अव्यवस्थित रुपमा अटोरिक्सा संचालन नगर्न अनुरोध गरे । शिवराज अटोरिक्सा समितिमा पेट्रोलबाट चल्ने २१ ओटा अटोरिक्सा संचालनमा रहेका छन्