2026-09-14 03:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटको पलातामा १५ सय विरामीको स्वास्थ्य परिक्षण

कात्तिक १९, कालिकोट । कालीकोटको पलातामा आयोजना गरिएको पलाता बृहत् साँस्कृति महोत्सवमा यहाँका १५ सय बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । 

महोत्सव स्थलमै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १५ सय बिरामीले स्वास्थ्य परिक्षण र १ सय ७५ बिरामीले भिडियो एक्सरे गरेको पताला गाउँपालिका अध्यक्ष लक्ष्मण बम बताए । कालिकोटको विकट ठाउँ भनेर चिनिने पलाता गाउँपालिकामा पहिलो पटक महोत्सव भएको हो ।

महोत्सवमा राष्ट्रिय कलाकारसहित स्थानीय कलाकारहरुको उपस्थिति थियो । कला, साहित्य, लोक संस्कृतीको पहिचान, स्वस्थ, सुन्दर, समृद्ध पलाँता हाम्रो अभियान भन्ने नाराका साथ मिरास्मृति कप, स्वास्थ्य शिविर तथा शहिद स्मृति साहित्य प्रतिष्ठानद्धारा कार्यक्रमको आयोजना गरिएको थियो । कात्तिक १६ गतेबाट सुरु भएको महोत्सव शनिवार सम्पन भएको हो

महोत्सवमा खेलकुद, देउडा खेल, पलातामा पाइने स्थानीय बालीहरुको प्रदर्शनी तथा भलिबल प्रतियोगिता र साँस्कृतिक कार्यक्रमसमेत गरिएको थियो । महोत्सवमा स्थानीय फलफूल स्याउको उत्पादन भएता पनि पलाता गाउँपालिकामा सडक नभएको र हिँडेरै महोत्सवसम्म जानु पर्ने भएकोले फलफूल बाटोमा नै सड्ने गरेको स्थानीय जोरबहादुर हमालले बताए ।

मिरास्मृति कप तथा स्वास्थ्य शिविर र शहिद स्मृति कला साहित्य प्रतिष्ठान’ नाम दिएको महोत्सवमा कोहलपुर मेडिकल केलेजका चिकित्सकले स्थानीयको स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य, शिक्षा र लोक साहित्यलाई आधार मानेर महोत्सव सञ्चालन गरिएको अध्यक्ष वमले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ