२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थानीय शैक्षिक सामाग्रीप्रति कालिकोटका बालबालिकाको मोह

२०७४, २० कार्तिक सोमबार १६:५९

दलसिंह गिरी/कात्तिक २०, कालिकोट । पुरानो जस्ताको छानो, ढुङ्गाको भित्ता, रातो र सेतो माटोले पोतेर चिट्टिक्क पारिएको छ । 

त्यही छानोभित्र चारैतिरका भित्तामा अंग्रेजी र नेपालीमा लेखिएका ठुला ठुला अक्षरले रंग्याइएको छ । ढुङ्गा, बालुवा, माटो, निगालो, डोरी, काठका टुक्रालगायतका थुप्रै सामानहरुले कोठा निकै आकर्षक देखिएको छ । 

त्यही कोठाभित्र बाबियोको डोरीको पिङ्ग पनि छ । बालबालिकाहरु कोही गीत गाइरहेका छन्, कोही पिङ्ग खेलीरहेका छन्, कोही त्यही कोठाभित्रका विभिन्न आकर्षक अक्षर र फलफूलका चित्रहरु नियालिरहेका छन् । 

कालिकोटको सदरमुकाम मान्मभन्दा केही टाढा रहेको जनजीवन माध्यामिक विद्यालयमा रहेको बालबिकास केन्द्रमा जाने जो कोही पनि यहाँको वातावरण देखेर लोभिन्छन् । 

यहाँ पढ्न आएका बालबालि–काहरु न त विद्यालय समयभन्दा अगाडि नै घर जान हतारिन्छन्, न त बिहान नै ढिला आउँछन् । यहाँको यही वातावरणले उनीहरुलाई नियमित विद्यालय आउन र पुरै समय विद्यालयमै खेल्दै पढ्दै गरेर बिताउन आकर्षित गरिरहेको छ ।


जिल्लामा गुणस्तरीय शिक्षाका लागि स्थानीय स्रोतबाट निर्माण गरिएका शैक्षिक सामाग्रीको प्रयोग बढेपछि विद्यालयहरुमा यसको सकारात्मक प्रभाव परेको छ । यि सामाग्रीहरुको प्रयोगबाट पढाउने शिक्षक शिक्षिकाहरुले समेत सहज भएको महसुस गरेका छन् । 

‘स्थानीय स्रोतबाट निर्माण गरिएका शैक्षिक सामाग्रीको प्रयोगबाट पढाउँदा बालबालिकालाई बुझाउन सजिलो भएको छ’ ‘बालबालिकाहरु रमाउँदै पढ्दै गर्दा आफुलाई पनि सहज हुँदो रहेछ बालविकास–कि सहजकर्ता बताउछिन् ।’ बालबालिका समयमै विद्यालय आउने र पुरै समय विद्यालयमा बस्न रमाउने गरेको सहजकर्ताको भनाई छ । 

सदरमुकासंगै जोडिएको ताडिमा रहेको जनजीवन मात्र होइन जिल्लाका साविकका मान्म, भर्ता, सुकाटिया, कालिका र गेला गाविसका ५४ विद्यालयहरुमा स्थानीय शैक्षिक सामाग्रीको प्रयोग बढेको छ । 

किर्डाक नेपाल कालिकोटको सहजिकरणमा सञ्चालित विश्व शिक्षाको सहयोगमा प्रारम्भिक पठन कार्यक्रमको सहयोग पा पछि विद्यालयमा यसको प्रभाव सकारात्मक देखिएको हो । स्थानीय कच्चा पदार्थबाट निर्माण गरिएका सामाग्रीको प्रयोगले यहाँको शैक्षिक गुणस्तरमा समेत परिवर्तन ल्याएको छ । 

यस्ता सामाग्रीको प्रयोगले विद्यालयमा बालबालिकाको भर्ना प्रतिशत बृद्धि भएको, सिकाई उपलब्धी दर बढेको तथा कक्षा छोड्ने बालबालिकाको संख्यामा कमी आएको सेभ द चिल्डेनका शिक्षा अधिकृत प्रमोद न्यौपानेले बताए । ‘कर्णालीमा बालबालिकाहरुले समयमै पाठ्यपुस्तक पाएनन् भनेर अरुको मात्र कमजोरी औल्याउने परिपाटी अन्त्य गर्न मद्यत मिलेको छ’ न्यौपानेले भने, ‘प्राथमिक तहमा बालबालिकालाई अक्षर चिनाउन र शब्द मिलाउन र शब्द भण्डारणका लागि स्थानीय स्रोत नै प्रयाप्त छ ।’  

सहयात्रा परियोजना लागु भएका साबिकका लालु, माल्कोट, कुमालगाँउ, रुप्सा, कोटबाडा, रकु, मेहलमुडी, मुम्रा, राँचुली, फोइमहादेव, ओदानकु र चिल्खाया गरी १२ गाविसमा गुणस्तरीय शिक्षाका सकारात्मक संकेतहरु देखिएका छन् । 

उत्कृष्ठ कार्य गरे बापत शान्ति आधारभूत बिद्यालय धाचु माल्कोट अन्तराष्टिय शाक्षरता तथा राष्टिय शिक्षा दिवसको अबसरमा जिल्ला शिक्षा समित मार्फत पुरस्कृत समेत भएको अधिकृत न्यौपानेले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले