2026-10-31 08:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थानीय शैक्षिक सामाग्रीप्रति कालिकोटका बालबालिकाको मोह

दलसिंह गिरी/कात्तिक २०, कालिकोट । पुरानो जस्ताको छानो, ढुङ्गाको भित्ता, रातो र सेतो माटोले पोतेर चिट्टिक्क पारिएको छ । 

त्यही छानोभित्र चारैतिरका भित्तामा अंग्रेजी र नेपालीमा लेखिएका ठुला ठुला अक्षरले रंग्याइएको छ । ढुङ्गा, बालुवा, माटो, निगालो, डोरी, काठका टुक्रालगायतका थुप्रै सामानहरुले कोठा निकै आकर्षक देखिएको छ । 

त्यही कोठाभित्र बाबियोको डोरीको पिङ्ग पनि छ । बालबालिकाहरु कोही गीत गाइरहेका छन्, कोही पिङ्ग खेलीरहेका छन्, कोही त्यही कोठाभित्रका विभिन्न आकर्षक अक्षर र फलफूलका चित्रहरु नियालिरहेका छन् । 

कालिकोटको सदरमुकाम मान्मभन्दा केही टाढा रहेको जनजीवन माध्यामिक विद्यालयमा रहेको बालबिकास केन्द्रमा जाने जो कोही पनि यहाँको वातावरण देखेर लोभिन्छन् । 

यहाँ पढ्न आएका बालबालि–काहरु न त विद्यालय समयभन्दा अगाडि नै घर जान हतारिन्छन्, न त बिहान नै ढिला आउँछन् । यहाँको यही वातावरणले उनीहरुलाई नियमित विद्यालय आउन र पुरै समय विद्यालयमै खेल्दै पढ्दै गरेर बिताउन आकर्षित गरिरहेको छ ।

जिल्लामा गुणस्तरीय शिक्षाका लागि स्थानीय स्रोतबाट निर्माण गरिएका शैक्षिक सामाग्रीको प्रयोग बढेपछि विद्यालयहरुमा यसको सकारात्मक प्रभाव परेको छ । यि सामाग्रीहरुको प्रयोगबाट पढाउने शिक्षक शिक्षिकाहरुले समेत सहज भएको महसुस गरेका छन् । 

‘स्थानीय स्रोतबाट निर्माण गरिएका शैक्षिक सामाग्रीको प्रयोगबाट पढाउँदा बालबालिकालाई बुझाउन सजिलो भएको छ’ ‘बालबालिकाहरु रमाउँदै पढ्दै गर्दा आफुलाई पनि सहज हुँदो रहेछ बालविकास–कि सहजकर्ता बताउछिन् ।’ बालबालिका समयमै विद्यालय आउने र पुरै समय विद्यालयमा बस्न रमाउने गरेको सहजकर्ताको भनाई छ । 

सदरमुकासंगै जोडिएको ताडिमा रहेको जनजीवन मात्र होइन जिल्लाका साविकका मान्म, भर्ता, सुकाटिया, कालिका र गेला गाविसका ५४ विद्यालयहरुमा स्थानीय शैक्षिक सामाग्रीको प्रयोग बढेको छ । 

किर्डाक नेपाल कालिकोटको सहजिकरणमा सञ्चालित विश्व शिक्षाको सहयोगमा प्रारम्भिक पठन कार्यक्रमको सहयोग पा पछि विद्यालयमा यसको प्रभाव सकारात्मक देखिएको हो । स्थानीय कच्चा पदार्थबाट निर्माण गरिएका सामाग्रीको प्रयोगले यहाँको शैक्षिक गुणस्तरमा समेत परिवर्तन ल्याएको छ । 

यस्ता सामाग्रीको प्रयोगले विद्यालयमा बालबालिकाको भर्ना प्रतिशत बृद्धि भएको, सिकाई उपलब्धी दर बढेको तथा कक्षा छोड्ने बालबालिकाको संख्यामा कमी आएको सेभ द चिल्डेनका शिक्षा अधिकृत प्रमोद न्यौपानेले बताए । ‘कर्णालीमा बालबालिकाहरुले समयमै पाठ्यपुस्तक पाएनन् भनेर अरुको मात्र कमजोरी औल्याउने परिपाटी अन्त्य गर्न मद्यत मिलेको छ’ न्यौपानेले भने, ‘प्राथमिक तहमा बालबालिकालाई अक्षर चिनाउन र शब्द मिलाउन र शब्द भण्डारणका लागि स्थानीय स्रोत नै प्रयाप्त छ ।’  

सहयात्रा परियोजना लागु भएका साबिकका लालु, माल्कोट, कुमालगाँउ, रुप्सा, कोटबाडा, रकु, मेहलमुडी, मुम्रा, राँचुली, फोइमहादेव, ओदानकु र चिल्खाया गरी १२ गाविसमा गुणस्तरीय शिक्षाका सकारात्मक संकेतहरु देखिएका छन् । 

उत्कृष्ठ कार्य गरे बापत शान्ति आधारभूत बिद्यालय धाचु माल्कोट अन्तराष्टिय शाक्षरता तथा राष्टिय शिक्षा दिवसको अबसरमा जिल्ला शिक्षा समित मार्फत पुरस्कृत समेत भएको अधिकृत न्यौपानेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय