2026-09-14 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थानीय तहमा भ्रटाचारका मुद्दा बढे

दलसिंह गिरी/कार्तिक २३, कालिकोट । अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय सुर्खेतमा ६ नं. प्रदेशमा सबैभन्दा बढी मुद्दा स्थानीय तहका परेका छन् । स्थानीय तह गठन भएको ६ महिना नपुग्दै स्थानीय तहमा भ्रष्टाचारका मुद्दा निकै बढी परेका हुन् । 

संघीय संरचना अनुसार ६ नम्बर प्रदेशका दश वटा जिल्ला मध्य सबैभन्दा बढी उजुरी सुर्खेतबाट ८३ वटा मुद्दा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विहिबार कालिकोटको मान्ममा गरेको अन्तरक्रिया कार्यक्रम जनाएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक वर्षमा कालिकोटबाट ७१, दैलेखबाट ६३, जाजरकोटबाट ६०, हुम्लाबाट ३६, रुकुमबाट २३, डोल्पाबाट १८, जुम्लाबाट १७, मुगुबाट १५ र सल्यानबाट १५ गरि कुल ४ सय १ उजुरी दर्ता भए पनि हालसम्म ४९ बटा उजुरी मात्र फछ्र्यौट भएका र ३ सय ५२ उजुरीमाथी अनुसन्धान भई रहेको कार्यालयले जनाएको छ । 

चालु आर्थिक बर्षमा प्रदेश नं. ६ बाट सबै भन्दा बढी मुद्दा स्थानीय तहका हुन आएका अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतका कार्यालय प्रमुख रविलाल पन्तले बताए । 

‘विभिन्न सरकारी निकाय मध्य स्थानीय तह अर्थात संघीय मामिला अन्र्तगतका मुद्दा बढी दर्ता भएका छन्’ उनले भने,‘संघीय मामिला तथा स्थानीयतर्फ उपभोक्ता समिति गठन प्रक्रिया अनियमितता, गुणस्तरहीन पुर्वाधार विकास निर्माण, कर्णाली रोजगारलगायतका क्षेत्रमा अनियमितता भएको, शिक्षातर्फ पाठ्यपुस्तक समयमा नपुगेको, छात्रवृत्ती वितरण नगरेका, स्वास्थ्यतर्फ औषधी खरिद प्रक्रियामा अनियमितता गरेको, करार कर्मचारी भर्नामा अनियमित हुने जस्ता उजुरी अख्तियारमा पर्ने गरेका छन् ।’

स्थानीय तह गठन भएको ६ महिना नपुग्दै सबैभन्दा बढी उजुरी स्थानीय तहको पर्नु यो राम्रो संकेत नभएको नेपाल बारएसोसियसन कालिकोटका अध्यक्ष हिक्मतबहादुर बिष्टले बताए । ‘स्थानीय तह गठन भएको छोटो अवधिमा स्थानीय तहको मुद्दा अख्तियारमा धेरै पर्नु राम्रो संकेत हैन्’ उनले भने,‘यसले के देखाउँछ भने,‘गाउँगाउँमा सिंहदरबार आएको त्योसँगै बिकृति पनि धेरै आएको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ