2026-09-14 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्नाली जडिबुटी १०औं बर्षमा

कात्तिक २४, कालीकोट । स्थानीय उत्पादन हाम्रो पहिचान, जडिबुटी सहकारी हाम्रो स्वाभिमान भन्ने नाराका साथ कर्नाली जडिबुटी उत्पादक सहकारी संस्था लिमिटेड दशौ साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभामा प्रमुख अथिति रहेको जिल्ला समन्वय समितिका कालीकोटकाप्रमुख अनिपाल शाहीले समाजको आर्थिक बिकासका लागि सहकारीका माध्यमबाट योगदान गर्न सकिने भएकाले सहकारीको बिकासका लागि सबै क्षेत्रको सहयोग जरुरी भएको बताए । 

‘राज्यले पनि तीन खम्बे आर्थिक नीति अनुसार सहकारी पनि एक शसक्त खम्बा हो’ उनले भने, ‘यो खम्बा बलियो बनाउन सबै सहकारीकर्मीहरु एकजुट हुन जरुरी छ ।’ उनले जडिबुटी उत्पादक संस्था कालीकोटजिल्लामा नमूनाका रुपमा स्थापित भएको भन्दै यसको उत्पादनलाई बिस्तार गर्नु पर्ने धारणा राखे ।

संस्थाका अध्यक्ष अजबहादुर गिरीले युवाहरु बिदेशमा जानुभन्दा स्वदेशमा बसेर जडिबुटी व्यवसायमा लागेर रोजगारी सिर्जना गर्नुपर्ने बताए । ‘हाम्रो देशमा भएको जडिबुटी त्यसै खेर गइरहेको छ’ उनले भने, ‘न हाम्रो देशको नीतिले हेरेको छ, नत देशको नेतृत्वले देखेको छ ।’ समाजको आर्थिक बिकासका लागि सहकारीता अपरिहार्यता भएको उनको भनाई छ ।

सहकारी संस्थाले स्थानीय जडिबुटीबाट विभिन्न किसिमका उत्पादनहरु उत्पादन गरेपनि पर्याप्त लगानी जुटाउन नसकेको र उत्पादित सामानहरुको बजारीकरण चुनौतीपूर्ण रहेको जनाएको छ । 

सहकारी संस्थाले कालीकोट जिल्लामा ४ सय ५० वटा जडिबुटी पाइने भए पनि व्यवसायिक बन्न नसक्नुले जडिबुटी खेर गइरहेको बताए । सहकारी संस्थाले हालसम्म ५६ लाख १८ हजार बराबरको कारोबार गरेको गिरीले बताए ।

कर्नाली जडिबुटी उत्पादक सहकारी संस्थाका अध्यक्ष अजबहादुर गिरीको अध्यक्षता, जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीको प्रमुख आतिथ्यता, कृषि विकास कार्यालयका बागबानी अधिकृत भक्तिराम शर्मा, जिल्ला वन कार्यालय कालिकोटका अधिकृत रामचन्द्र कडेल र जिल्ला आयुर्वेद कार्यालय कालिकोटका प्रमुख लक्ष्मीप्रसाद पाण्डेको बिषेश आतिथ्यता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ