Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा ट्याक्टर र ट्रिपरमाथि ट्राफिक प्रहरीले कारवाही गर्न थाल्यो

२०७४, १० मंसिर आईतवार १२:१९

इमरान खान/मङ्सिर १०, कपिलवस्तु । कपिलवस्तुको यस बर्षको नयाँ ठेक्का पश्चात् नदी जन्य पदार्थ ढुंगा, गिटि तथा बालुवाको निकासी कारोबारसंगै बालुवा बोक्ने ट्रकहरु, ट्रिपर तथा ट्रयाक्टरहरुले सडकमा अत्यधिक मात्रामा पानी चुहाउने र ट्रलीमा ढाला थप गरि स्वरुप परिवर्तन गरेका सवारी साधनहरु माथि कपिलबस्तु ट्राफिक प्रहरीले कारवाही थालनि गरेको छ । 


यसरी ट्रलिमाथि ढाला थप गरेका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई सवारी धनि वा सवारी चालकलाई नै थप ढाला कटाउन अनुरोध गरिएको र अटेर गरे प्रहरी आफैले ढाला कटाई नियमानुसारको जरिवाना गरिने वा स्वरुप परिबर्तन गरेको कसुरमा यातायात ब्यबस्था कार्यालयमा जरिवाना तिर्नका लागि लेखापढि गरिने जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरक्षक अम्मर बहादुर कार्की ले जनाएका छन । 

त्यसै गरि सडकमा पानी चुहाउने सवारी साधनलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई सुरक्षित स्थानमा राखी पानी चुहाउन लगाउने र नियमानुसारको जरिवाना गरिने बताएको छ । यसै क्रममा आज कपिलवस्तुको राजमार्ग स्थित चन्द्रौटा, गोरुसिंगे र पिपरा क्षेत्रका विभिन्न सडकखण्डमा ढाला थप तथा पानी चुहाउने सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहि गरे पश्चात छाडिएको छ । 

थोरै बढि आय आर्जन गर्ने उद्धेश्यले नियम बिपरित ढाला थप नगर्न र सडकमा पानी नचुहाई दिन सबै सवारी धनि, चालक तथा अन्य सरोकारवाला महानुभावहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुको अनुरोध छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ