2026-09-15 02:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवराज–१ खुल्ला दिशा मुक्त घोषणा

माधव बेल्वासे/मंसीर ११, कपिलवस्तु । शिवराज नगरपालिका १ शिवपुरलाई सोमवार एक कार्यक्रमका विच खुल्ला दिशा मुक्त वडा घोषणा गरिएको छ । नगरपालिकाले मंसिर २५ गते सम्म नगरलाई नै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएकोले सोहि अनुरुपमा वडालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको वताइएको छ ।

“शिवराज नगरपालिकाको पहिचान, घरघरमा सरसफाई तथा स्वच्छता अभियान” भन्ने नारासहित शिवराज नगरपालिकाका सम्पुर्ण वडाहरुलाई खुल्ला दिशा मुक्त वडा घोषणा गर्न नगरले निर्देशन दिएको छ ।

कार्यक्रममा वोल्दै शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले नगरपालिकाको लक्ष्य अनुसार काम गरेकोमा वडाका सम्पुर्ण टिमलाई धन्यवाद दिनुभयो ।

सन २०१७ भित्र नगरलाई जुनसुकै हालत भएपनि खुल्ला दिशा मुक्त घोषणा गर्नुपर्ने वताउदै यस वडा जस्तै अरु वडाहरुले पनि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नुपर्ने वताउनुभयो ।शिवराज नगरपालिकाका कतिपय वडाहरुमा खुला दिशा मुक्त क्षेत्र घोषणा गर्न निकै कठिन रहेकोले तोकिएको मितीमा गर्न कठिन हुने समेत धारणा राख्नुभयो । 

नगरप्रमुख अधिकारीले शौचालय निमार्ण गरेर मात्र नहुने भएकाले शौचालय प्रयोग गर्नुपर्ने वताउनुभयो । खुल्ला दिशा मुक्त वडा घोषणा भएका वडामा नगरले शौचालय प्रयोग गरे नगरेको अनुगमन गर्ने समेत वताउनुभयो । मधेशी समुदायमा शौचालयमा फुस,गैठा,घासपात राख्ने गरेको पाइएकोले यस्तो कार्य नगर्न नगरवासीलाई अनुरोध गर्नुभयो ।  

शिवराज नगरपालिका वडा १ मा गत साउन महिना सम्म ७४ प्रतिशत मात्र शौचलय निमार्ण भएको र हाल रहेका १ हजार ५ सय ४९ घरधुरी मध्ये शत प्रतिशत घरधुरीमा शौचालय निमार्ण भइसकेको वडा अध्यक्ष जगत जिसीले वताउनुभयो । 

कार्यक्रममा जिल्ला खानेपानी सरसफाई सव डिभिजन कार्यलयको तर्फ वाट पुरस्कार स्वरुप वडालाई ५० हजारको चेक हस्तानतरण गरिएको छ ।वडालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न सहयोग गरेकालाई सम्मान पत्रले सम्मान गरिएको गरिएको छ ।

शिवराज नगपालिका, जिल्ला खानेपानी सरसफाई सव डिभिजन कार्यलय,युनिसेफ को सहयोगमा रहेका कार्यक्रममा वडा अध्यक्ष जगत जिसीको अध्यक्षता, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता, जिल्ला खानेपानी सरसफाई सव डिभिजन कार्यलयका प्रमुख कैलाश नायक, इलाका प्रशासन कार्यलयका साखा अधिकृत जगदिश अर्याल, शिवराज नगरपालिकाका प्रशासकिय अधिकृत शेसकान्त पौडेल लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ