2026-09-14 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

सानो सहयोगले विद्यालयसंगको नाता जोडियो

मंसिर १९, कालिकोट । सबै साथीहरु विद्यालय जाँदा मन अमिलो बनाएर घरको कामधन्दामा व्यस्त हुने कवितालाई एउटा गैर सरकारी संस्थाको सानो सहयोगले विद्यालयसंग टुटिसकेको नाता पुनः जोड्न मद्यत गरेको छ । 

कापी कलम र विद्यालय पोशाकको अभावमा विद्यालय जान समस्या परेकी तिलागुफा–४ की कविता बि.कलाई सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा भिडिसेफ नेपाल कालीकोटद्धारा सञ्चालित यूवा शसक्तिकरण परियोजनाले सहयोग गरेपछि उनको विद्यालय नियमित भएको हो ।

जिल्लाको तिलागुफा नगरपालिका–४ कालिका माध्यामिक विद्यालय कक्षा ८ अध्ययनरत कविता बि.क.ले आर्थिक सहयोग पाए पछि नियमित स्कुल जान थालेकी छन् । आर्थिक अवस्था कमजोर भएकी कवितालाई सेभ द चिड्रेनको सहयोगमा भिडिसेफ नेपालले आर्थिक सहयोग पाए पछि कविता विद्यालयमा नियमित भएको हो ।

गरिब परिवारमा जन्मिएकी कविता विद्यालय पढ्नलाई कापी किताव, कलम, विद्यालयको पोशाकको समस्या भएका कारणले उनले पढ्न जान समस्या भएको थियो । 

विद्यालयमा पढ्न जानलाई कापी किताव, कलम र विद्यालय जानका लगाउने पोशाकको समस्या भएको आर्थिक सहयोग पाएपछि आफुले विद्यालयमा पढ्न सजिलो भएको कविताले बताइन् । 

‘घरमा आर्थिक समस्या थियो । कापी, कलम, स्कुल जान लगाउने पोशाक थिएन् । मैले विद्यालय छोडिसकेको थिएँ’ उनले भनिन्, ‘आर्थिक सहयोग पाएपछि मेरो स्कुलमा नियमितता भएको छ ।’

घरको आर्थिक अवस्था कमजोर भएको बाबुको भारतमा काम गर्ने क्रममा केदारनाथमा मृत्यु भएका कारणले विद्यालयमा पढ्नलाई आफुलाई निकै समस्या भएको विद्यालयमा जान समेत समस्या आएको कविताले बताइन् । 

‘मलाई विद्यालय पढ्न प्रेरणा दिने बुबाको रोजगारीका लागि भारत गएका बेला निधन भयो ।’ उनले भनिन्, ‘मलाई विद्यालय पढ्न आर्थिक समस्या निकै भयो ।’

सामान्य भए पनि आर्थिक सहयोग पाएका कारणले अहिले कापी किताव, कलम, स्कुल ड्रेस पाएर नियमित स्कुल जान आफुलाई सजिलो भएको कविताले बताइन् । 

‘मलाई स्कुल आर्थिक सहयोग पाएपछि सजिलो भएको छ’ उनले भनिन्, ‘स्कुल पढ्ने रहर केही भएपनि पुरा भएको छ ।’ घरमा बुबाको मृत्युपछि आमा, बाजे र साना साना भाइबहिनी रहेका उनीको लालनपालनका लागि पनि आफुलाई समस्या भएको कविता बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ