2026-10-31 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

शिवराजमा धमाधम शौचालय निर्माण हुँदै

माधव बेल्वासे/मङ्सिर २६, कपिलवस्तु । शिवराज नगरपालिका वडा न २ हर्रह्वा वस्ने शिवप्रसाद चौधरीको आज भन्दा करिव १ महिना अघि सम्म शौचालय थिएन ।

शौच गर्न खेतवारीमा जाने गर्दथे दिउसोमा दिशा लाग्यो भने चाहि यताउता वाट कसैले देख्छनकी भन्ने अलि डर लाग्ने गरेको वताए । जव स्थानिय तहको चुनाव भयो तव उनको घरमा दैनिकी वडा अध्यक्षको टोली आउने गर्यो ।चुनाव पछि जितेको नेताहरुले दैनिकी आएर शौचालय वनाउ भन्दा उनलाई रिस उठ्ने गर्थ्यो । 

बुवा, हजुरवाहरुले पनि वाहिर शौच गर्ने गरेको र आफुले पनि वाहिर गर्ने भन्दै कयौ दिनसम्म ति व्यक्तिका कुरालाई बेवास्ता गरे ।पछि जव शौचालय निमार्ण नगरे वडा तथा नगरवाट कुनै पनि सिफारिस नपाइने भएपछि उनले हतारिदै शौचालय निमार्णको लागी सल्लाह सुझाव लिन तर्फ लागे ।

शिवराज नगरपालिका वडा २ का वडा अध्यक्ष राम वहादुर चौधरीको सल्लाह पछी उनले शौचालय निमार्ण गरे । शिवप्रसादको घरमा अहिले शौचालय छ ।आफ्नो मानसिकता परिवर्तन गरिदिएकोमा वडा अध्यक्षलाई धन्यवाद समेत दिने गरेका छन ।त्यस्तै सोही वडामा वस्ने सेवक चाईको घरमा पनि शौचालय थिएन ।शौचालय अतिआवश्य रहेको थाहा पाएपछी उनले पनि घर भन्दा राम्रो शौचालय निमार्ण गरेका छन। सेवकले शौचालय फोहोरो हुन्छ भनेर चावी समेत शौचालयमा भुण्डाएका छन । यसरी हेर्दा कपिलवस्तुको शिवराज नगरपालिकामा अहिले धमाधम शौचालय निमार्ण भइरहेका छन ।

नगरपालिकाले गत मंसीर २५ गतेका नगरलाई खुल्ला दिशा मुक्त वनाउने लक्ष्य असफल पछि नगरका वडा अध्यक्षको दवावमा स्थानियहरुले धमाधम शौचालय निमार्ण गरेका छन ।अभियानका क्रममा शिवराज नगरपालिका वडा न १ लाई गत मंसीर ११ गते खुल्ला दिशा मुक्त घोषणा गरिएको थियो । नगरपालिकाले शौचालय नवनाउनेहरुलाई कुनै पनि सिफारीस नगर्ने निर्णय गरेपछि स्थानिहरु अग्रसर भई शौचालय निमार्ण गरेको वताइएको छ ।

कपिलवस्तुको दक्षिणी क्षेत्रमा रहेका वडाहरुमा भने खुल्ला दिशा मुक्त घोषण गर्न चुनौती देखीएको छ ।मधेशी समुदायको वाहुल्यता रहेको ठाउमा चुनौती देखीएको नगर प्रमुख नेत्रराज अधिकारीले वताए ।अधिकारीका अनुसार शिवराज नगपालिका वडा १,९,१० र ११ खुल्ला दिशा मुक्त क्ष्ँेत्र घोषणा भईसकेको वताए ।

वडा ४,६,७,८मा स्थानियहरुको लापरवाहीले गाह्रो भएको अधिकारीको भनाई छ । मंगलवार शिवराज नगरपालिका वडा २ मा अनुगमन गर्दै अधिकारीले शौचालय वनाउनु मात्र ठुलो कुरा नभई त्यसलाई प्रयोग गर्नु ठुलो कुरा रहेको जिकिर गरे ।

शिवराज नगरपालिका वडा न २ मा ८०३ घरधुरी मध्य अहिले ९८ प्रतिशत भन्दा धेरैको घरमा शौचालयमा निमार्ण भइसकेको र केहि घरधुरीमा अन्तिम चरणमा रहेका वडा अध्यक्ष राम वहादुर चौधरीले वताए ।चौधरीका अनुसार पुस २ गते खुल्ला दिशा मुक्त घोषणा गरिने जनाउनुभयो । 

मंगलवार शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी,प्रशासकिय अधिकृत शेषकान्त पौडेल,ईलाका प्रशासन चन्द्रौटाका प्रमुख जगदिश अर्याल,वास अधिकृत राजेश चौधरी लगाएतको टोलीले अनुगमन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय