Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुत्केरी मृत्युको छानविनका लागि कालिकोटमा आन्दोलन

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दलसिंह गिरी | मंसिर २७, कालिकोट | सुरक्षित प्रसुतीका लागि जिल्ला अस्पताल कालिकोटमा आएकी एक पहिलाको मृत्यु भएपछि कालिकोट वासी आन्दोलित भएका छन् ।

जिल्ला अस्पताल आएकी खाडाचक्र नगरपालिका वडा नं. १ की चन्द्रा शाहीको अत्यधिक रक्तश्राव भै मृत्यु हुदा जिल्ला अस्पतालका चिकित्सकहरुको लापर्वाहिका कारण मृत्यु भएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

सहजता मै प्रसुती हुन नसकेपछि जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरुको संलग्नतामा शाहीको अप्रेशन गरी बच्चा सकुसल निकालिएपनि अप्रेसन पश्चात रक्तश्राव नरोकिएपछि हेलिकोप्टर मार्फत काठ्माण्डौ उपचार गर्न लैजादै गर्दा विचैमा ज्यान गएको थियो ।

जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरुको लापर्बाहीका कारण मृत्यु भएको भन्दै कालिकोट वासीहरुले अप्रेसनमा संलग्न चिकित्सकहरु माथि कारर्वाहिको माग राखी जिल्ला प्रशासनमा धर्ना सहित आन्दोलनमा उत्रिएका छन् ।

आक्रामक तरिकाले आन्दोलनमा उत्रीएका आफन्तहरु नाराबाजी सहित प्रशासन परिषरभित्र छिर्न खोज्दा प्रहरीले रोक्न खोजे पछि आन्दोलन र प्रहरी विच सामान्य झडप समेत भएको छ ।

कालिकोटका महिला अधिकार कर्मीहरुको समुहले चन्दा हत्याको छानविन गरीपाउ भन्दै ५ बुदे ज्ञापन–प्रत्र प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेलाई बुझाएका छन् ।

ज्ञापन–पत्र बुझे लगतै प्रमुख जिल्ला अधिकारी गैरेको संयोजकत्वमा सर्ब पक्षीय बैठक बसी ७ सदस्यीय छानविन समिति समेत गठन भएको छ ।

बैठकमा मृतक शाहीको मृत्युको कारण, उचारमा प्रयोग गरिएको औषधी स्वास्थ्य सामाग्री, प्रयोग,   लगायतका विषयमा छनविन गरिने प्रमुख जिल्ला अधिकारी गैरेले बताउनु भएको छ ।

मृतकका छोरा छोरीलाई राहत र क्षेतिपूर्ति र अवका दिनमा यस्ता खालका घटना दोहोरिन नदिन जिल्ला अस्पतालमा भौतिक तथा आवश्यक समागी र दक्ष जनशक्ति ब्यवस्थापन गर्न जस्ता विभिन्न विषयमा छलफल भएको छ ।

यता हेलिकोप्टर मार्फत काठमाण्डौ लिएकी मृतक शाहीको मंगलबार काठमाण्डौको पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ ।