पढ्न करिब 1 मिनेट लाग्छ

लोकेन्द्र प्रशाद जोशी/पुस १, दार्चुला । दार्चुला जिल्लाको मालीकार्जुन गाउँपालीका ८ पस्ती नजिक अन्टेष्ट स्काभेटर दुर्घटना हुदा चालक सहित ३ जना घाइते भएका छन ।

घाइतेहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शुक्रबार बैतडिबाट दार्चुला सदरमुकामतर्फ आउँदै गरेको नयाँ स्काइभेटर ऐरिछाना र पस्तीको बिच भागमा पर्ने भर्कोट खोलामा खस्दा ३ जना घाइते भएका हुन ।

घाइते तिनै जनालाइ उपचारकोलागी ५५१ नम्बरको जिपमा दार्चुला जिल्ला अस्पताल खलंगा ल्याइदै छ ।

शुक्रबार बेलुकी ७ बजेतिर स्काभेटर दुर्घटनामा परेको र स्काभेटरमा सवार तिनै जना बोल्न नसक्ने अवस्थामा भएकोले घाइतेको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेकोले थप बिबरण आउँन बाकी रहेको छ ।

फाइल तस्बिर