Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ पुष ०१ गते, बिहान १०:३० बजे बैतडी - BTD, समाज

बैतडीमा देवीदेवताका मूर्तिसहितको गुफा भेटियो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस १, बैतडी ।</b> सिगास गाउँपालिका गाँजरीमा देवीदेवताका मूर्तिसहितको एउटा नयाँ गुफा फेला परेको छ ।&nbsp;<br></p><p>सिगास गाउँपालिका–१ पानीफुट्टाको धारमा स्थानीय उज्ज्वलराम विकले नयाँ घर बनाउन ढुंगा निकाल्ने बेला शुक्रबार उक्त गुफा फेला परेको गाँजरी प्रहरी चौकीका इञ्चार्ज जनकबहादुर धामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “त्यसमा अद्भूत कलात्मक ढुंगा कुदिएको पाइएको छ ।”&nbsp;</p><p>दश फिट जति लामो गुफाभित्र विभिन्न देवीदेवताका मूर्ति पनि छन् । धेरै पहिला गुफा फेला परेको उक्त ठाउँमा राति बत्ती बलेको जस्तो देखिने तर दिउँसो केही पनि नदेखिने गरेको बूढापाखाको भनाइ रहेको स्थानीय बासिन्दा गोकर्ण दयालले बताउनुभयो । गुफा हेर्न स्थानीय बासिन्दाको भीड लागेको छ । रासस</p>