2026-10-31 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा चार दिने आँखा शिविर सुरु

पुस ४, कालीकोट । खाँडाचक्र नगरपालिकाको दाहामा ४ दिने आँखा शिविर शुरु गरिएको छ । 

मोतिया विन्दुको निःशुल्क शल्यक्रियसहितको आँखा शिविरको सोमबार खाडाचक्र नगरपालिकाका प्रमूख जसी प्रसाद पाण्डेले उद्घाटन गरेका हुन् ।  खाँडाचक्र नगरपालिका वडा नं ५, ६,७ र ८ को आर्थिक सहयोग तथा हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरिएको यो ३० र्औ सर्जिकल आँखा उपचार शिविर हो ।

शिविर उद्घाटन गर्दै नगर प्रमूख पाण्डेले पछिल्लो समयमा सानै उमेरदेखि आँखाका विरामी बढेकाले उपचारका लागि टाढा जान नसक्नेहरुका लागि शिविर लाभदायी हुने बताए । ‘आँखाका बिरामीहरु दिनप्रतिदिन बढीरहेका छन्’ उनले भने, ‘आर्थिक विपन्नताका कारण जिल्ला बाहरिका अस्पतालामा गएर आँखाको उपचार गराउन नसक्नेका लागि यो शिविरले राहत प्रदान गर्ने छ ।’ उनले यसरी शिविरको माध्यमबाट नागरिकलाई राहत दिन काम स्थानीय तहबाट पनि सहयोग हुने बताए ।

शिविरमा आँखा सम्वन्धी विरामीहरुको निःशुल्क परिक्षण र अप्रेसन सुरुभएको नेपाल नेत्रज्योति संघका उपसभापति देवानन्द धिताले बताए । उनले जिल्लाका विभिन्न तीन ठाउँमा मंसिरमा सुरु भएको आँखा शिविरबाट अप्रेसन गर्नुपर्ने ५८ जना विरामीहरु पत्ता लगाएकाले उनीहरुको निःशुल्क अप्रेसन तथा नयाँ विरामीका लागी शिविरको आयोजना गरिएको जानकारी दिए । शिविरमा आँखा परिक्षण गर्नका लागी जिल्लाका विभिन्न ठाउँबाट सर्वसाधारणको बाख्लो उपस्थिती रहेको छ । 

हिमालय आँखा अस्पताल घारीपाटन पोखरावाट डाक्टर हरिविक्रम अधिकारीको नेतृत्वमा आएको टोलीले आँखा परिक्षण र शल्यक्रिया गर्ने छ । शिविरमा कालिकोट जिल्लाका साथै छिमेकी जिल्लाहरु दैलेख, अछाम, बाजुरा, जुम्ला, मुगु लगायतका जिल्लाहरुवाट आँखाका रोगिहरु उपचारका लागि आएका छन् । जिल्ला आँखा उपचार केन्द्र र नेत्रज्योति संघ कालिकोटको अगुवाईमा जिल्लामा विगत २६ बर्षदेखि हरेक वर्ष यस्ता शिविर निरन्तर सञ्चालन हँुदै आइ–रहेका छन् ।

नेपाल नेत्रज्योति संघका सभापति खडानन्द पाण्डेको अध्यक्षता तथा खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जसीप्रसाद पाण्डेको प्रमुख आतिथ्यताम एक कार्यक्रमको आयोजना गरि शिविरको उद्घाटन गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय