माधव बेल्वासे | पुस ६, कपिलवस्तु | कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं. २ लाई विहिवार एक कार्यक्रमका विच खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । सन २०१७ भित्र नेपाललाई पूर्ण खुल्ला दिसा मुक्त बनाउने अभियान अन्तर्गत नगरपालिका भित्रका वडाहरुलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिने सम्पुर्ण खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भइ सकेपछि नगरलाई नै खुल्ला दिसा मुक्त नगर घोषणा गर्ने कार्यक्रम रहेको वास सयोजक सुस्मा मल्लले वताउनुभयो ।

वडामा रहेका ७४५ घरधुरीमध्य ७ सय भन्दा धेरैमा शौचालय निमार्ण भइसकेको अन्य वाकिको निमार्ण कार्य जारी रहेकोले वडालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको वडा अध्यक्ष संजय गुप्ताले वताउनुभयो ।

कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह ले साबुन पानीले हात धोएर वडालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नु भएको हो । कार्यक्रममालाई सम्बोधन गर्दै प्रमुख अतिथि कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहले छोटो समयमा नै वडा नं २ ले खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुन सक्नुमा स्थानीय जनताको सरसफाई प्रतिको जागरुकता ,स्थानिय जन प्रतिनिधी र सरसफाई प्रतिनिधीहरुको सक्रियताले वडालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न सम्भव भएको उल्लेख गर्नु भयो ।नगर प्रमुख शाहले आर्थिक अवस्था ज्यादै कमी भएकालाई नगरपलिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।त्यस्तै कार्यक्रममा वोल्दै गैरसकारी महासंघ का प्रमिण श्रीवास्तव,उद्योग वाणिज्य संघ कृष्णनगरका गुरुशरण सिह,के आई नेपालका केशर विश्वकर्मा लगाएतले चर्पि निमार्ण गरेर मात्र नहुने चर्पिलाई प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम वडा अध्यक्ष संजय कुमार गुप्ताको अध्यक्षता, कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाहको प्रमुख आथित्यता तथा विभिन्न संघ सस्थाका प्रतिनिधी,राजनैतिक दलका प्रतिनिधीहरुको आथित्यतामा सम्पन्न भएको हो ।

Related News