पुस ९, कालीकोट । शुक्रबारदेखि अशान्त बनेको कालीकोट सदरमुकामको जनजीवन थप प्रभावित भएको छ । 

शुक्रबार जिल्ला प्रहरी कार्यालको गेटमै प्रहरीले चलाएको गोली लागी एक जना म्यादी प्रहरीको ज्यान गए पछि कालीकोटको जनजीवन प्रभावित बनेको छ । आफूले पाउने तलब सुविधा कटौती गरेको भन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ९, कालीकोट । शुक्रबारदेखि अशान्त बनेको कालीकोट सदरमुकामको जनजीवन थप प्रभावित भएको छ । 

शुक्रबार जिल्ला प्रहरी कार्यालको गेटमै प्रहरीले चलाएको गोली लागी एक जना म्यादी प्रहरीको ज्यान गए पछि कालीकोटको जनजीवन प्रभावित बनेको छ । आफूले पाउने तलब सुविधा कटौती गरेको भन्"/>

2026-09-14 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

तीन दिनदेखि कालीकोटको जनजीवन प्रभावित

पुस ९, कालीकोट । शुक्रबारदेखि अशान्त बनेको कालीकोट सदरमुकामको जनजीवन थप प्रभावित भएको छ । 

शुक्रबार जिल्ला प्रहरी कार्यालको गेटमै प्रहरीले चलाएको गोली लागी एक जना म्यादी प्रहरीको ज्यान गए पछि कालीकोटको जनजीवन प्रभावित बनेको छ । आफूले पाउने तलब सुविधा कटौती गरेको भन्दै म्यादी प्रहरीले शुक्रबार प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका थिए। यस क्रममा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो।

म्यादी प्रहरीको मृत्युको बिषयलाई लिएर शनिबार र आइतबार सदरमुकाम मान्ममा पीडित पक्ष र प्रहरीबीच पटक पटक झडप भए पछि शनिबार दिउँसो चार बजेदेखि मान्ममा स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ । 

शनिबारको कफ्र्यू आइतबार बिहान दुई घण्टा हटाइए पनि बिहान १० बजे देखी साँझ ६ बजेसम्म कफ्र्यू  लगाइए पछि मान्म बजार दिनभर ठप्प रह्यो । बजारमा प्रहरीको बाक्लो उपस्थितिले स्थानीयलाई आतंकित बनायो भने बजार शुन्य बन्यो ।

कफ्र्यूका कारण कर्णाली राजमार्ग ठप्प रह्यो । सदरमुकामका एक सरकारी विद्यालय र नीजि विद्यालयहरु पूर्ण रुपमा बन्द रहे भने स्थानीय सञ्चार माध्यामको प्रकाशन÷प्रशारण पनि रोकिएको छ । 

आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म कफ्र्यू हटाइए पछि दैनिक आवश्यक बस्तुहरु किनमेल गर्न पाएका छन् । आइतबार साँझ ८ बजेदेखि सोमबार बिहान ७ बजेसम्म पुनः कफ्र्यू लगाईने कालीकोटका प्रमूख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।

आइतबार मृतकका परिवारलाई शव बुझाउने तथा विवाद समाधानको पहल भए पनि दिनभरको छलफल निश्कर्ष विहीन बनेको प्रजिअ गैरेले बताए । ‘मृतकका परिवारले राखेका माग पूरा भए पनि शहिद घोषणा गर्ने बिषयमा कुरा मिलेन’ प्रजिअ गैरेले भने, ‘घटनाको छानविन गर्न सरकारले समितिगठन गरिसकेकाले उक्त समितिको प्रतिवेदनका आधारमा सरकारले सहिद घोषणा गर्ने हो ।’ मृतकका परिवारलाई १० लाख  रुपैयाँ क्षतीपुर्ती दिने र घाईतेको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको बताए ।

चार दिनदेखि जिल्ला प्रशासन कार्यालयमा रहेको मृतक शव बुझ्न आफन्तले मानेका छैनन् । आईतबार शव बुझाउने बिषयमा छलफल भए पनि सहिद घोषणा नगर्दासम्म शव नबुझ्ने अडान मृतकका परिवारले लिए पछि छलफल निश्कर्ष विहीन बनेको हो । 

शव बुझ्ने बिषयमा छलफल भएपनि पोष्ट मार्टम गराउने बिषयमा कुरा नमिलेको प्रजिअ गैरेले बताए । पोष्ट मार्टम जिल्लामै गराउने कि काठमाडौ गराउने बिषयमा कुरा नमिलेको उनको भनाई छ ।

म्यादी प्रहरीको मृत्युको बिषयमा छानविन गर्न सरकारले शनिबार सह–सचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठन गरेको छानविन समिति हेलिकोप्टरमा देखिएको खरावीका कारण आइतबार पुग्न नसकेकोले पनि विवाद मिलाउन समस्या भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले