2026-09-14 10:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

घरको सम्पूर्ण काम महिलाकै थाप्लोमा

पुस ११, कालिकोट | कर्णाली क्षेत्रमा बसोबास गर्ने महिलाको जनजीवन ज्यादै कष्टकर छ । उनीहरुको जीवन बाह्रै महिना खेतबारीकै काममा बित्दछ । कामै कामको ध्याउन्नले वर्षमा एक पटक आउने चाडपर्व कतिखेर आउँछ कतिखेर जान्छ पत्तै नहुने कालिकोट तिलागुफा नगरपालिका मन्सरा कार्कीले बताइन् । यहाँका महिलालाई घरको कामकाजले बिरामी पर्दा सिटामोल किन्नेसम्म फुर्सद पनि नहुने कार्कीको भनाइ छ । यसले गर्दा विभिन्न खाले दीर्घरोगबाट संक्रमित हुनु परेको उनले बताइन् ।

परम्परागत प्रणालीको खेतीले यहाँका महिलाको जीवन झनै कष्टकर बनाएको र एउटै खेतमा पाँचदेखि दश पटकसम्म खट्दा पनि उत्पादन दुई महिना पनि खान नपुग्ने हुने गरेको कार्कीले बताइन् । एकातिर खेतबारीको कामको चाप, अर्कातिर महिलाले मात्र काम गर्नुपर्छ भन्ने गलत मानसिकता पुरुषमा हावी भएकाले ग्रामीण महिला झनै समस्यामा परेको तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपालीले बताइन् । बालबच्चालाई स्याहार्नेदेखि खेतबारीको काम हुँदै चुलोचौकासम्म आफँै गर्नुपर्ने यहाँका महिलाको नियति भएको नेपालीले बताइन् ।

त्यसमाथि कर्णालीका दलित महिलाको अवस्था झन दर्दनाक भएको र सानैमा बिहे गराइदिने यहाँको प्रचलनले २० वर्ष नकाट्दै चार पाँच वटा बच्चाको आमा बन्नुपर्ने अवस्था भएको उनको भनाई छ । चेतनाको कमीले उनीहरुको शरीर बच्चा जन्माउने मेसिनजस्तै सावित भएको छ उनले थपिन् । दलित समुदायको आर्थिक अवस्था कमजोर भएकाले कापी कलम किन्ने पैसाको अभावमा कलिलै उमेरमा पढाइ लेखाइबाट वञ्चित हुने र बिहे गराइदिने यहाँका प्रचलनले महिलाको जीवन एकदमै कष्टकर भएको बाले बिश्वकर्माले बताए । राजनीतिक चेतनाको हिसाबमा कुरा गर्ने हो भने पनि उनीहरु निकैनै पछाडि रहेको बिकको भनाई छ ।

‘सामान्य लेखपढ पनि नगरेरै बिहे गर्नाले उनीहरुलाई रोजगारीको अवसर पनि मिल्दैन, यसले गर्दा उनीहरुको आर्थिक अवस्था अत्यन्तै नाजुक छ, अतः उनीहरुले बिहान बेलुकी छाक टार्नका लागि अर्काको मजदुरी गर्नुको विकल्प छैन’, उनले भने । यहाँका महिलाको चैत महिनादेखि सुरु भएको काम पुस माघको अत्यन्तै चिसो हिमपात हुने समयसम्म पनि निरन्तर चलिरहन्छ ।

नरहरीनाथ गाउँपालिका–१ मा बस्ने हरि सार्कीको पीडा सुन्दा जो कसैको आँखा रसाउँछ । कामको चापले उनलाई खाना खाने फुर्सद पनि छैन । दैनिक मेसिनजस्तै खेतबारीको काममा खट्नु पर्दछ । ‘बिहानै चुलोचौको गरिसकेपछि काममा निस्कन्छु । दिउँसो समय निकालेर खाना खान्छु, फेरि बच्चा पिठ्युँमा बोकेर काममा निस्कन्छु । निरन्तरको काम र असन्तुलित खानपानले शरीर सुक्दै गएको छ, स्वास्थ्य बिग्रदै गएको छ, के गर्नु जति काम गरेपनि वर्षभरिको खेतीले दुई महिना पनि राम्रोसँग खान पुग्दैन, बाँकी महिना अरुको मजदुरी गर्नुपर्दछ,’ सार्कीले बताइन् ।

दलित महिला त प्रतिनिधि पात्र मात्र हुन् कर्णालीका सम्पूर्ण महिलाको पीडा उस्तै हो, भौगोलिक रुपमा विकट भएकाले सहर बजारको जस्तो जनजीवन सहज छैन । पिठ्यँुमा भारी, निधारमा नाम्लो कहिल्यै छुट्दैन उनीहरुलाई । यहाँका महिला उत्थानको लागि च्याउ जस्तै खोलिएका गैरसरकारी संस्थाले पनि खासै उपलब्धिमूलक काम गर्न नसकेको सरोकारवालाको बुझाइ छ । खाली तीनले यहाँका महिला, बालबालिकाको तस्बिर बेचेर डलर कुम्ल्याउने गरेको उनीहरुको आरोप छ ।

यिनीहरुको सशक्तीकरणका लागि सरकारी तवरबाट नीति नियम बने तापनि व्यवहारमा उतार्न नसकिएको दलित अधिकारकर्मी मनबहादुर सार्कीले बताउनुभयो । शरीरले थेग्न नसक्ने काम, त्यसमाथि सासमात्र जोगाउने किसिमको खानपानले उनीहरुको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको सार्कीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले