२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा नमूना बन्दै दुर्गमको लक्ष्मीपुर आधारभूत विद्यालय

२०७४, १२ पुष बुधबार ०४:३५

पुस १२, बैतडी । बैतडीको मेलौली नगरपालिका–७ मा रहेको लक्ष्मीपुर आधारभूत विद्यालय पछिल्लो समयमा नमूना बन्दै गएको छ । 

विद्यालयमा सरसफाइका कार्यक्रमलाई संगठित रुपमा अघि बढाएपछि विद्यालयको वातवरणीय, शैक्षिक गुणस्तरमा समेत सुधार आएको विद्यालयका प्रधानाध्यापक पवित्रा कलौनीले जानकारी दिनुभयो । 

जिल्ला शिक्षा कार्यालयसँगको समन्वय तथा विश्व खाद्य कार्यक्रमको सहयोगमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्रले खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यालयमा सरसफाइका कार्यक्रम चलाउन सहयोग गरेपछि विद्यालयमा सुधार आएको उहाँले बताउनुभयो । 

अहिले विद्यालयमा बालबालिकालाई दिवा खाजा खानेबेला हात धुनका लागि साबुन पानीको व्यवस्था गरिएको छ, उहाँले भन्नुभयो “विद्यालय परिसरमा फोहर हुन नदिनका लागि डस्टबिन र खाडलको व्यवस्था गरिएको छ ।” विद्यालयलाई प्लास्टिकमुक्त बनाउने प्रयास गरिएको छ । 

विद्यालयमा खानेपानीको समस्या हुँदा बालबालिका फोहर हुने गर्दथे तर पछिल्लो समयमा सरसफाइका कार्यक्रम विद्यार्थीको बानी व्यवहारमा समेत सुधार आएको छ । दिवा खाजा खानुभन्दा अघि र पछि बालबालिकाले साबुनपानीले हात धुने गरेका छन् । 

विद्यार्थीबाटै सरसफाइका कार्यक्रमलाई अघि बढाउनका लागि विद्यालयस्तरीय बालक्लब गठन गरिएको छ भने अभिभावक सम्मिलित विद्यालयस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति पनि गठन गरिएको छ । 

जिल्लाका १९९ वटा विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको विकास तथा प्रकोप व्यवस्थापन केन्द्रका कार्यक्रम संयोजक सुरेन्द्र जैरुले जानकारी दिनुभयो । 

बालबालिकाहरुको सरसफाइमा परिवर्तन 

बैतडीका १९९ वटा आधारभूत विद्यालयमा खानेपानी तथा स्वच्छता प्रवद्र्धन कार्यक्रम शुरु भएपछि विद्यालयको वातावरणीय सरसफाइका साथै बालबालिकाको सरसफाइमा पनि परिवर्तन आएको छ । 

जिल्ला शिक्षा कार्यालयसँग समन्वयमा शिक्षाका लागि खाद्य कार्यक्रम सञ्चालन भएका विद्यालयमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्रले कार्यक्रम सञ्चालनमा ल्याएको कार्यक्रम संयोजक जैरुले जानकारी दिनुभयो । 

सरसफाइका माध्यमबाट शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भएको र यसले विद्यालयमा धेरै परिवर्तन ल्याएको उहाँले बताउनुभयो । 

कार्यक्रम सञ्चालन गरिएका विद्यालयमा विद्यालयस्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति गठन गरिएका छन् भने विभिन्न किसिमका तालीमसमेत सञ्चालन भएका छन् । 

कार्यक्रमले विद्यार्थी तथा अभिभावकमा सरसफाइका बारेमा चेतना जागेको लक्ष्मीपुर आधारभूत विद्यालय मेलौली–७, पच्कोरका प्रधानाध्यापक पवित्रा कलौनीले जानकारी दिनुभयो । 

कार्यक्रमले बालबालिकामा सरसफाइ गर्नुपर्छ भन्ने धारणा विकास भएको छ भने बालबालिकाले अभिभावकलाई सरसफाइका बारेमा सिकाउने गरेको उहाँले बताउनुभयो । विनोदसिंह विष्ट/रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी