2026-09-14 10:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

विजयनगर गाउँपालिकाद्धारा कम्बल वितरण

माधव बेल्वासे/पुस १७, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउपालिकाद्धारा निम्न स्तरका घरपरिवालाई कम्बल वितरण गरिएको छ । 

चिसो वढदै गएकोले गरिवी, दुखी ,असाहय,वृद्धवृद्धा,अपाङ्ग लगाएत गरि प्रत्येक वडामा ३० घरपरिवालाई वितरण गरिएको विजयनगर गाउपालिका का प्रशासकिय अधिकृत रविन्द्र चौधरीले जानकारी दिनुभयो ।गाउपालिका भित्र रहेका ७ वटा वडा गरी २ सय १० घरपरिवारलाई वितरण गरिएको अधिकृत चौधरीले वताउनु भयो ।

 चिसोको समयमा गरिवी दुखीको दैनिकीमा निकै कष्टकर भएको भन्दै कम्बलले केहि साहारा हुने गाउपालिका प्रमुख गोपाल वहादुर थापाले वताउनु भयो ।थापाका अनुसार गाउपालिका भित्र रहेको गरिव दुखीहरु तथा निम्न स्तरका घरपरिवारलाई वितरण गरेको वताउनुभयो ।गरिवी कारण ओढने कपडा समेत नहुदा समस्या भएको कारण गाउपालिकाकै तर्फ वाट वितरण गरिएको थापाले दावी गर्नुभयो ।

मधेशी समुदायको वाहुल्यता भएको ठाउमा धेरै समस्या देखीएको उहाले वताउनुभयो । दैनिकी रुपमा ज्यालादारी गरेर कमाएको पैसाले विहान साझ खाना सम्म नपुग्ने अवस्था रहेका व्यक्ति चिसो वाट प्रभावित वन्नु परेको थापाले वताउनु भयो ।

जिल्लाको सुदुरपश्चिम क्षेत्रमा ३ दिनको भित्र सम्पुर्ण वडाहरु वितरण गरिएको हो । करिव साढे चार लाख वरावरको कम्बलले स्थानियहरुलाई केहि राहतको महशुस हुने अधिकृत चौधरीले वताउनु भयो । 

कम्बल पाएपछि स्थानियहरु खुसी भएका छन ।विजयनगर गाउपालिका वडा न १ वस्ने अदालत कोरीले कम्बल पाएपछी खुसी व्यक्त गर्नुभएको छ । जाडोको समयमा छोरा छोरीलाई चिसो वाट वचाउन निकै मुस्कील परिरहेको बेला गाउपालिकाले कम्बल दिएकोमा उहाले धन्यवाद दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ