2026-10-31 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

नमूना कार्यक्रम स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी

पुस १७, कालीकोट । जिल्लाको शान्तिघाट स्यूना सिपखाना सडक खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । 

नेपाल सरकार र बेलायत सरकारको सहयोगमा सञ्चालित ग्रामीण पहुँच कार्यक्रममार्फत निर्माण गरिएको शान्तिघाट स्यूना सिपखाना सडक खण्ड अन्तिम चरणमा पुगेको हो । 

कालिकोट जिल्लाकै पहिलो शान्तिघाट स्यूना सिपखाना ग्रामीण सडकले जिल्लाको रास्कोट क्षेत्रको आर्थिक विकासका साथै स्थानीय उत्पादनहरुको बजारिकरणका लागि महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।

स्थानीय साझेदार ग्रामीण बिकास तथा पर्यावरण संरक्षण मञ्च नेपालको (भिडिसेफ नेपाल) कालिकोटको सामाजिक परिचालनमा सन् २०११ देखी जिल्लाको रास्कोट क्षेत्रमा लागू भएको ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरण अन्तर्गत निर्माण गरिएको उक्त सडक आगामी माघ १० गते नेपालका लागि बेलायती राजदुत रिचार्डले कालिकोट आएर उद्घाटन गर्ने तयारी रहेको ग्रामीण पहुँच कार्यक्रमका जिल्ला संयोजक रमेश खोताखोले बताए । 

उनले शान्तिघाट स्यूना सिपखाना सडक निर्माण कार्य अन्तिम चरणमा रहेको बताउँदै पुस मसान्तभित्र निर्माण कार्य पुरा गरेर माघ १० गते बेलायती राजदुत रिचार्डले उद्घाटन गर्नुका साथै रास्कोट नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी थालिएको बताए । 

ग्रामीण पहुँच कार्यक्रमको स्थानीय साझेदार संस्था भिडिसेफ नेपाल कालिकोटका अध्यक्ष मीनबहादुर बोगटीले गुणस्तरीय सडक निर्माण र महिला पुरुष समान ज्यालालगायतका कार्यले जिल्लामै नमूनाको भएको दावी गरे । 

‘काममा महिलाहरुलाई पनि पुरुष समान अवसर र जिल्लामै पहिला पटक महिला पुरुष समान ज्याला ग्रामीण पहुँच कार्यक्रमले दिने पद्धतिको विकास गरेको हो’ उनले भने, ‘यो कार्यक्रम जिल्लाकै नमूना कार्यक्रम भएको छ । 

यो हाम्रो मात्र दावी होइन जिल्लाबासी सबैको स्वीकार गरेको कुरा हो ।’ उक्त कार्यक्रमले गाउँमा बिकास र स्थानीयको लागि आय आर्जन गर्न मद्यत गरेको बताए ।

३२ करोड ८१ लाख लागत इस्टमेट गरिएको उक्त सडक आयोजनामा हालसम्म ३० करोड १२ लाख ८० हजार मजदुरलाई ज्याला भुक्तानी गरेर खर्च भईसकेको छ । ग्रामीण पहुँच कार्यक्रमका कार्यक्रम अधिकृत सुनिलबाबु श्रेष्ठका अनुसार उक्त सडक निर्माणका लागि काम गर्ने मजदुरहरुले ३० करोड १२ लाख ८० हजार रुपैयाँ बुझेका छन् । 

उक्त कार्यक्रममा रास्कोट क्षेत्रका ४ सय ८२ जना महिला र १ हजार ४ जना पुरुष गरी १ हजार ४ सय ८६ जना स्थानीय हालसम्म ६ लाख ३० हजार १ सय ७१ दिन रोजगारी पाएका छन् । सडक निर्माणका लागि प्रति समूह २० जनाको सहभागितामा जम्मा ७२ वटा सडक निर्माण समूहले काम गरिरहेका छन् ।

‘प्रत्येक सडक निर्माण समूहले आफ्नो मासिक ज्यालाको १० प्रतिशत आम्दानी बचत गरेर आय आर्जनका काममा लगानी गरिएको छ’ उनले भने, ‘जसबाट २ करोड ५ लाख २३ हजार कामदारहरुले हालसम्म बचत गरेको र उक्त रकमबाट आफ्नो समूहभित्रै विभिन्न आयआर्जनका काममा १ करोड ९७ लाख ६२ हजार ५ सय ३४ रुपैयाँ लगानी भएको छ ।’ सडकको निर्माणको अवस्था तथा सडकको बिभिन्न भागमा आएको जग्गा विवाद समाधानका लागि जिल्लास्तरबाट अनुगमन समेत गरिएको छ ।

जिल्ला समन्वय समिति प्रमूख अनीपाल शाही, उप प्रमूख लक्ष्मी बिष्ट, रास्कोट नगरपालिकाका मेयर काँशिचन्द्र बराल, उप मेयर मिमसरा बम (शाही), भिडिसेफ नेपालका उपाध्यक्ष नेत्र देवकोटा, पत्रकार, नागरिक समाज लगायतका सरोकारवालाहरुले अनुगमन गर्दै ग्रामीण पहुँच कार्यक्रमले जिल्लाकै नमुना सडक निर्माण गरेको बताए । 

जिल्ला समन्वय समिति प्रमूख अनिपाल शाही र रास्कोट नगरपालिका प्रमूख कासिचन्द्र बरारले रास्कोट क्षेत्रलाई नगरपालिका बनाउन र यहाँको स्थानीय उत्पादनहरुको बजारीकरण गरि नगरको आर्थिक विकासका लागि उक्त सडकले महत्वपूर्ण योगदान पु¥याउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय