Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालीकोटमा प्रदेश राजधानीको बहस

२०७४, १८ पुष मंगलवार १५:३७

पुस १८, कालीकोट । प्रदेश नं ६ को नाम र राजधानीका बिषयमा कालिकोटका सरोकारवालाबीच छलफल गरिएको छ । 

समुन्नत समाजका लागि सामुहिक प्रयासको आयोजनामा भएको छलफलमा कालिकोटका सरोकारवालाहरुले प्रदेश नं. ६ को नाममा एकमत भए पनि राजधानीका बिषयमा फरक फरक धारणा राखेका छन् ।


नेपाल बार ईकाई कालिकोटका अध्यक्ष हिक्मतबहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि प्रदेश सांसद कुर्मराज शाहीले प्रदेश नं. ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी सामथ्र्यका आधारमा सुर्खेत हुनुपर्ने बताए । उनले आफुले बाम गठबन्धनको तर्फबाट चुनावमा जाँदा घोषणा पत्रमै यसलाई उल्लेख गरेको र जनताले पनि अनुमोदन गरेको दावी गरे ।

कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै जिल्ला बारका अध्यक्ष हिक्मतबहादुर बिष्टले प्रदेश नं. ६ को नाम कर्णाली प्रदेश, राधानी सुर्खेत हुनु पर्ने र मौषमी राजधानी कर्णालीमा हुनुपर्ने बताए । 

कार्यक्रममा नेपाली कांग्रेसका सभापती हर्षबहादुर बम, नेकपा एमालेका उपाध्यक्ष रमेश शाही, खाँडाचक्र नगरपपालिकाका उपमेयर बिजया बिष्ट, नयाँ शक्ति नेपालका नेता लक्ष्मी भट्टराई, नेपाल पत्रकार महासंघका अध्यक्ष तुलाराम पाण्डे लगायतले प्रदेश नं. ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी सामथ्र्यका आधारमा सुर्खेत हुनु पर्ने धारणा राखेका छन् ।

कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाही, राप्रपाका नेता लालबहादुर शाही, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवाल, नेपाल महिला संघकी केन्द्रीय सदस्य छायाँ सुनार लगायतका वक्ताहरुले प्रदेश नं. ६ को नाम पहिचानका आधारमा कर्णाली प्रदेश र राजधानी पनि कर्णालीमै हुनुपर्ने धारणा राखेका छन् । 

उनीहरुले कर्णाली बिशेष अधिकार सहितको कर्णाली प्रदेश र खस भाषाको उद्गमस्थल सिंजालाई प्रदेशको राजधानीका रुपमा बनाउनु उपयुक्त हुने तर्क गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित