Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

व्यवसायिक कृषि तथा व्यापार आयोजनाको सार्वजनिक सुनुवाई

२०७४, २० पुष बिहीबार १५:४८

पुस २०, कालीकोट । व्यवसायिक कृषि तथा व्यापार आयोजना प्याक्टको विहीबार सार्वजनिक सुनुवाई गरिएको छ । 

जिल्लामा क्रियाशिल हिमचुली कृषि सहकारी संस्था, मोडेल कृषि सहकारी संस्था र हिमशिखर बहुउश्यशीय सहकारी संस्था मार्फत सञ्चालित प्याक्ट परियोजनाको संयुक्त रुपमा कार्यक्रमका बारेमा सार्वजनिक सुनुवाई गरिएको हो ।

कार्यक्रमा बोल्दै व्यवसाहिक कृषि व्यापार आयोजनाका आयोजना प्रमुख एवम् सार्वजनिक सुनुवाइ कार्यक्रमका प्रमुख अथिती हरिप्रसाद पण्डितले आयोजनाले नेपालमा कृषिको क्षेत्रमा २०६५ सालदेखि काम गर्दै आएकाले अव नेपालको कृषिको क्षेत्रमा सुधार गर्न केही उपायहरु थाहा पाइसकेको बताए । उनले कृषि पेशालाई कसैले पनि सानो सम्झन नहुने उनको सुझाव छ ।

हिमचुली कृषि सहकारी संथाका अध्यक्ष कालीबहादुर महताराले परम्परागत कृषि पेशालाई व्यवसाहिक गर्न सके नागरिकहरुको आर्थिक समृद्धि हुने बताए । किसानको इच्छा र चाहाना भएमा पूँजीको आवश्यकता नहुने भन्दै उनले कृषिमा आधुनिकता ल्याउनु अपरिहार्य भएको बताए । 

कार्यक्रममा हिम्चुली कृषि सहकारी संस्थामार्फत खाँडाचक्र, तिलागुफा नगरपालिका, पचालझरना र नरहरीनाथ गाउँपालिकामा बाख्रापालनका लागि १३ वटा आधुनिक खोर निर्माण, किसानलाई प्रविधि बितरण तथा कृषकलाई अवलोकन भ्रमण गरिएको हिमचुली सहकारी संस्थाका व्यवस्थापक भीम बरालले जानकारी दिए । उनले गतिविधिमा ३० लाख प्याक्टमार्फत र ३७ लाख संस्थागत लगानी भएको जानकारी जनाए ।

कार्यक्रममा मोडेल कृषि सहकारी संस्थाका अध्यक्ष रत्नप्रसाद आचार्यले जिल्लाको कालिका गाउँपालिकामा बाख्रा पालनका लागि १३ वटै आधुनिक खोर निर्माण, १३ वटै पानी ट्यांकी निर्माण, खसी बोका ढुवानीका लागि जीप खरिद, बाख्रापाल किसानलाई तालिम, बाख्रा नुहाउने ट्यांकी लगायतका गतिििध सञ्चालन गरिएको बताए । उनले आफ्नो संस्थाबाट ४६ लाख ६१ हजार र प्याक्टको ४६ लाख ७७ हजार लगानी खर्च भएको बताए ।

कार्यक्रममा हिमशखर बहुउद्देश्यीय सहकारी संस्थाका कार्यबाहक अध्यक्ष गंगाराम धितालले आफ्नो सहकारीमार्फत ५२ लाखको लगानीमा कालिका गाउँपालिकाको वडा नं. २, खाँडाचक्र नगरपालिकाको तालाखोरमा गरी २ वटा खसी बोका संकलन केन्द्र, मान्म बजारमा शुद्ध मासु पसल स्थापना गरिएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित