2026-07-25 06:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कार्यबोझ कम गर्न साहासको काईदा, महिलालाई फाईदा

दलसिंह गिरी | पुस २४, कालिकोट | कालिकोट जिल्ला सदरमुकाम मान्म देखि पश्चिम तर्फ पर्ने शान्नीत्रिबेणी गाउपालिका वडा नं. १ का बासिन्दाहरुको कार्यबोझ कम गर्न साहास नेपालले एक प्रविधि हस्तान्त्रण गरेको छ । विशेष गरी दैनीक खानपीनमा आवश्यक पर्ने पीठो पिस्नेकामका लागि पुरै दिन खर्चिनु पर्ने समयलाई कम गर्न प्रविधि हस्तान्त्रण गरेको हो । 

प्राय महिलाहरुले मात्रै गर्न पर्ने कामको रुपमा लिईने पीठोपिस्ने र धानकुट्ने काम अब मेसिनरी प्रविधिबाटै हुने भएपछि त्यहाँका महिलाहरु खुशी भएका छन् । विगत २ बर्ष देखि सान्नीत्रिबेणी गाउपालिकाको रकुमा काम गर्दै आइरहेको साहास नेपाल संस्थाले त्यहाँका ग्रामिण महिलाहरुको कार्यबोझलाई ध्यानमा राखी महिलाहरुकै स्वामित्वमा रहने गरी धान कुट्ने र पीठो पिस्ने प्रविधि (मेसिन) उपलब्ध गराई दिएको छ । 

गाउमा विद्युत पहुँच समेत पुगी सकेको हुदा पीठोपिस्ने र धानकुट्ने विद्युतीय प्रविधि (मेसिन) उपलब्ध पछि त्यहाका स्थानीय बासिन्दाहरुलाई धेरै सहज हुनुका साथै समयको बचत हुने भएको छ ।

सान्नीत्रिबेणी गाउपालिका वडा नं. १ मा गठित धवलपुरा महिला समुहलाई हस्तान्तण गरिएको प्रविधि (मेसिन)मा ७५ प्रतिशत साहास नेपाल र २५ प्रतिशत महिला समुहको लगानी रहेको साहास नेपाल कालिकोटका कार्यक्रम अधिकृत नमराज संज्यालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक