2026-09-14 05:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा सामाजिक सुरक्षाभत्ता वितरण किन भएन ?

पुस २४, बैतडी । बैतडीमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन । 

आर्थिक वर्ष ०७४÷७५ को पहिलो चौमासिकको सुरक्षाभत्ता कात्तिकमै वितरण हुनुपर्ने भए पनि हालसम्म वितरण भएको छैन् । चौमासिकरुपमा वितरण गर्दै आएको सुरक्षाभत्ता चालु आर्थिक वर्ष शुरु भएदेखि हालसम्म नपाउँदा ज्येष्ठ नागरिक,अपांगता भएका व्यक्ति, एकल महिला वृद्धवृद्धालाई निकै समस्या भएको छ । 

बैतडीका स्थानीय तहले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसक्दा नागरिक निराश बन्न थालेका छन् । बैतडीमा रहेका १० स्थानीय तहमध्ये दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाबाहेकका स्थानीय तहले समयमै सामाजिक सुरक्षाभत्ता वितरण गर्न सकेका छैनन् । 

स्थानीय तहले सामाजिक सुरक्षाभत्ता पाउने नागरिकको तथ्यांक समयमै अद्यावधिक गर्न नसक्दा सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकेका हुन् । साविकका गाविसमा वितरण हुने सामाजिक सुरक्षाभत्ता पाउँ भन्ने तथ्यांक अद्यावधिक नहुँदा वितरण गर्न नसकिएको सुर्नया गाउँपालिकाका कार्यकारी अधिकृत गणेशसिंह ऐरीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सामाजिक सुरक्षाभत्ता पाउने नागरिकको तथ्यांक अद्यावधिक गरिसकिएको र दुई चौमासिकको एकैपटक भत्ता वितरण गर्ने तयारी गरिरहेका छौँ”– सामाजिक सुरक्षाभत्ता पाउने नागरिकको तथ्यांक अद्यावधिक नहुँदा सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकिएको पुरचौडी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत पृथ्वीराज अवस्थीले बताउनुभयो । 

स्थानीयस्तरमै सरकार पाउँदा पनि धेरैजसो गाउँका नागरिकलाई स्थानीय सरकार के हो भन्नेसमेत थाहा नभएको सुर्नयाकी माया लुहारले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारमा सबै सुविधा हुन्छ भन्थे तर झन आफूले अहिलेसम्म राज्यबाट पाउनुपर्ने सुविधासमेत पाएको छैन ।” 

जनप्रतिनिधि आउनुभन्दाअघि बरु चार÷चार महिनामा भत्ता पाइन्थ्यो पुर्चौडी नगरपालिका १० की ६८ वर्षीया हरिना महराको भनाइ छ । 

साउनदेखि कात्तिकसम्मका लागि पहिलो चौमासिकमा रु दुई करोड २२ लाख निकासा हुनुपर्नेमा रु एक करोड १७ लाख मात्रै बजेट निकासा भएकाले सामाजिक सुरक्षाभत्ता वितरण नगरिएको पुर्चौडी नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले लाभग्राहीको सही विवरण स्थानीय विकास मन्त्रालयको पञ्जीकरण विभागमा पठाउन नसक्दा रकम रोकिएको नगरपालिकाका उपप्रमुख जयन्ती ऐरबमले बताउनुभयो । “विगतमा वडा सचिवले मृत्यु भइसकेका व्यक्तिलाई पनि भत्ता वितरण गरेछन्”– उहाँले भन्नुभयो– “पूर्ण व्यक्तिगत विवरणविना नै भत्ता वितरण गरिएकाले अहिले समस्या आयो ।” 

अहिले लाभग्राहीको पूर्ण विवरण मन्त्रालयमा पठाउने काम अन्तिम चरणमा पुगेकाले केही दिनमै सामाजिक सुरक्षाभत्ता वितरणको काम शुरु हुने नगर उपप्रमुख ऐर बमले बताउनुभयो । 

केन्द्रको सरकार गाउँघरमा भने पनि नागरिकलाई अझै पाउनुपर्ने सेवासुविधा पाउन पनि सकश हँुदै आएको छ । नागरिकले झेल्दै आएका समस्या समाधानतर्फ निर्वाचित जनप्रतिनिधिको ध्यान जान आवश्यक छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ